संसदमा मिनेन्द्र रिजालको प्रश्न– लोकतन्त्र शब्दसँग सरकारलाई घृणा हो कि के हो ? | Khabarhub Khabarhub

संसदमा मिनेन्द्र रिजालको प्रश्न– लोकतन्त्र शब्दसँग सरकारलाई घृणा हो कि के हो ?


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारले वर्तमान सरकारले सपना बेच्न कुनै कसर बाँकी नराखेको आरोप लगाएका छन् ।

सरकारले समाजवादको नयाँ व्याख्या गर्ने क्रममा लोकतन्त्रको अस्तित्वमाथि नै प्रहार गरेको पनि नेता रिजालको आरोप छ ।

आइतबारको संसद वैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि दर्ता भएको संसोधन प्रस्तावको पक्षमा बोल्दै रिजालले लोकतान्त्रिक मान्यताअनरुप नीति तथा कार्यक्रम नआएको बताए ।

‘लोकतन्त्र शब्दसँग सरकारलाई घृणा हो कि के हो ?’ रिजालले प्रश्न गर्दै भने, ‘समाजवादको नयाँ परिभाषा गर्ने अधिकार नीति तथा कार्यक्रम र सरकारलाई छैन । हामी मुकदर्शक भएर बस्दैनौं । संविधान सानो दुखले आर्जेको होइन ।’

नेता रिजालले संघीयता र संविधानद्वारा स्थापित संरचना कमजोर बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको पनि बताए ।

सरकारले राष्ट्रपतिलाई तत्कालीन राज संस्था (श्री ५) को रुपमा प्रस्तुत गर्न खोजेको पनि रिजालको आरोप थियो । ‘उ बेला श्री ५ को सरकार हुन्थ्यो । त्यही प्रवृत्तिमा सरकार हिँड्दैछ,’ रिजालले भने, ‘गणतन्त्रको बाटोमा हिँड्दा कमन वेल्थका देशलाई हेर्नु पर्दैन ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ११ बजे

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता