संसदमा मिनेन्द्र रिजालको प्रश्न– लोकतन्त्र शब्दसँग सरकारलाई घृणा हो कि के हो ? « Khabarhub

संसदमा मिनेन्द्र रिजालको प्रश्न– लोकतन्त्र शब्दसँग सरकारलाई घृणा हो कि के हो ?


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारले वर्तमान सरकारले सपना बेच्न कुनै कसर बाँकी नराखेको आरोप लगाएका छन् ।

सरकारले समाजवादको नयाँ व्याख्या गर्ने क्रममा लोकतन्त्रको अस्तित्वमाथि नै प्रहार गरेको पनि नेता रिजालको आरोप छ ।

आइतबारको संसद वैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि दर्ता भएको संसोधन प्रस्तावको पक्षमा बोल्दै रिजालले लोकतान्त्रिक मान्यताअनरुप नीति तथा कार्यक्रम नआएको बताए ।

‘लोकतन्त्र शब्दसँग सरकारलाई घृणा हो कि के हो ?’ रिजालले प्रश्न गर्दै भने, ‘समाजवादको नयाँ परिभाषा गर्ने अधिकार नीति तथा कार्यक्रम र सरकारलाई छैन । हामी मुकदर्शक भएर बस्दैनौं । संविधान सानो दुखले आर्जेको होइन ।’

नेता रिजालले संघीयता र संविधानद्वारा स्थापित संरचना कमजोर बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको पनि बताए ।

सरकारले राष्ट्रपतिलाई तत्कालीन राज संस्था (श्री ५) को रुपमा प्रस्तुत गर्न खोजेको पनि रिजालको आरोप थियो । ‘उ बेला श्री ५ को सरकार हुन्थ्यो । त्यही प्रवृत्तिमा सरकार हिँड्दैछ,’ रिजालले भने, ‘गणतन्त्रको बाटोमा हिँड्दा कमन वेल्थका देशलाई हेर्नु पर्दैन ।’

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ११ बजे

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज