गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सूचना आयोगको माग | Khabarhub Khabarhub

गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सूचना आयोगको माग


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌– राष्ट्रिय सूचना आयोगले गोपनियताको शपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिँईदै आइएको गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत  गराए ।

आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको शपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा आपत्ति जनाए । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरे ।

आयोगले आम नागरिकलाई आफ्नो र सार्वजनिक महत्वको विषयमा सूचना लिने संवैधानिक हक भरपुर उपयोग गर्न आह्वान गर्दै प्रभातफेरी निकालेको हो । काठमाडौंको बाघबजारबाट निकालिएको प्रभातफेरी पुतलीसडक, अनामनगर हुँदै बानेश्वरको देवीनगरस्थित आयोगको कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभाफेरीमा ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’, ‘लोकतन्त्रको आधार, सूचनाको अधिकार’लगायत लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरिएको थियो ।

सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारले २०६५ साल बैशाख २२ गते अर्थात् आजकै दिन राष्ट्रिय सूचना आयोगको गठन भएको थियो । आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताउनु भयो । विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ५१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग