नवलपरासीको धौवादीमा फलामखानी, उत्खनन् हुने भएपछि स्थानीय खुसी « Khabarhub

नवलपरासीको धौवादीमा फलामखानी, उत्खनन् हुने भएपछि स्थानीय खुसी


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कावासोती– सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने विषय उल्लेख भएसँगै स्थानीय बासिन्दामा खुसियाली छाएको छ ।

सरकारका तर्फबाट संसद‍्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने विषय उल्लेख छ ।

‘फलामखानी सञ्चालनमा आउँदैन कि भन्नेमा चिन्तित थियौँ तर सरकारले व्यावसायिक उत्पादन गर्न लागेकामा हामी धेरै खुशी छौँ,’ हुप्सेकोट गाउँपालिका–४ का रुक्माङगत भुर्तेलले भने, ‘खानी सञ्चालनमा आउँदा यहाँ अन्य सुविधा थपिएला, बाटो राम्रो होला भन्ने लागेको छ ।’

फलामखानी पत्ता लागेको धौवादी आसपासका क्षेत्रमा पुग्न अहिले निक्कै कठिन छ । सडकको अवस्था जीर्ण छ । एकाध सवारीसाधान चल्ने गरेका छन् । यस क्षेत्रमा खानेपानीको पनि निक्कै समस्या छ ।

धौवादी आसपासका धेरै क्षेत्रमा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । फलामखानीको उत्पादन शुरु गर्नुपूर्व यस क्षेत्रमा सडक, विद्युत्, खानेपानीको सुविधा होला भन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी भएका हुन् ।

‘फलाम खानी छ भन्ने मात्र थियो, ५–६ वर्षसम्म यत्तिकै रहँदा उत्खनन हुन्छ, हुँदैन भन्ने अन्यौलमा थियौँ, अहिले सरकारले चासोका साथ आगामी आर्थिक वर्षदेखि नै उत्पादन गर्नेभन्ने सुन्दा हामी खुशी छौँ,’ हुप्सेकोटका झविलाल राना मगरले भने, ‘अब यो पहाडमा विकास हुने आशा जागेको छ ।’

विसं ०६८ मा खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो । सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो ।

पूर्व पश्चिम राजमार्गदेखि करीब १६ किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलामखानी छ । यहाँको १० किलोमिटर आसपासका क्षेत्रसम्म फलामखानी रहेको जनाइएको छ । धौवादीको फलामखानी अहिलेसम्म फेला परेको खानीमध्ये नेपालकै ठूलो खानी भएको भूगर्भविद्ले बताएका छन् ।

नीति तथा कार्यक्रममा फलाम खानी परेसँगै झ्यालबास, रुम्सी, रामकोट, पोखरी, ल्हापे, धौवादी क्षेत्रका बासिन्दालाई यस क्षेत्रको विकास हुन्छ भन्ने आशासमेत जागेको छ । सरकारले फलामखानीबाट फलाम उत्पादन गर्ने भन्ने कुरा थाहा पाउँदा रुम्सीका पूर्णबहादुर आलेलाई गाउँमै रोजगार पाइएला भन्ने आश छ । फलामखानीसम्म पुग्ने सडक अहिले निर्माण भइरहेको छ ।

पहिलो चरणमा सडक विभागले झ्यालबासदेखि करीब चार किलोमिटरको ट्र्याक खोल्ने काम अघिल्लो वर्ष नै गरेको थियो । करीब रु ६ करोडको बजेटमा ट्र्याक खोलिएको थियो ।

अहिले पनि यस क्षेत्रमा ५ करोड बराबरको बजेटमा थप पाँच किलोमिटर ट्र्याक खोल्ने, ग्याविन भर्ने, एक किलोमिटरमा ग्राभेल गर्ने, नाला निर्माण गर्नेलगायत कामहरु सञ्चालन गर्न लागिएको सडक विभागका सबइञ्जिनीयर नवीन पाण्डेले बताए । सरकारले प्रत्येक वर्ष प्राथामिकतामा पारेर बजेट विनियोजन गर्दै आएको र सोहीअनुसार सडक निर्माणको काम सञ्चालन भइरहेको उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : ४८ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक