श्रीनगर– अपरिचित बन्दुकधारीको समूहले भारत प्रशासित कश्मिरमा भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेताको गोली हानी हत्या गरेको छ ।
आफ्नै घरमा रहेका बेला भाजपाका स्थानीय नेता ७० वर्षीय गुलाम मोहम्मद मिरमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । आक्रमणपछि गम्भीर घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिए पनि उनको बाटोमै मृत्यु भएको बताइएको छ ।
उनी कश्मिरको अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ ।
प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुँदै आएका छन् ।
प्रतिक्रिया