आगामी चुनावको लागि कांग्रेसले अहिलेदेखि नै तयारी गर्नुपर्छ– पौडेल « Khabarhub

आगामी चुनावको लागि कांग्रेसले अहिलेदेखि नै तयारी गर्नुपर्छ– पौडेल


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताएका छन् ।

कांग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालयद्वारा आज आयोजित श्रद्धाञ्जलि शोकसभामा उनले समयमा पार्टीका सबै तहको अधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

नेता पौडेलले कांग्रेसलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि स्व नेता ताम्राकारको जस्तो विचार, सोच र योगदानलाई अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

नेता पौडेलले भने“पार्टी सबै सङ्गठनका समस्या नयाँ ढङ्गले समाधान गरी अघि बढ्नुपर्छ, नयाँ शुरुआत गरेर पार्टीलाई सबल बनाएर कांग्रेस विकल्प दिनुपर्छ ।”
“अबको एक÷दुई वर्षमा स्थानीय निर्वाचन शुरु हुन्छ, त्यसपछि राष्ट्रिय निर्वाचन हुन्छ, त्यसको सामना गर्न अहिलेदेखि नै तयारी गर्नुपर्छ”, नेता पोडेलले भने । त्यसका लागि कार्यकर्तालाई प्रशिक्षण गरी मूल्याङ्कन गर्नुपर्ने र उचित व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिएर काम गर्नुपर्ने उनको सुझाव थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ३ : ५८ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र