अब कतारले दुश्मनलाई भिसा नदिने ! « Khabarhub

अब कतारले दुश्मनलाई भिसा नदिने !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारले आफ्ना ‘दुश्मन’ लाई भिसा नदिने जनाएको छ । कतार आउन चाहने इजिप्सियनलाई लक्षित गर्दै कतारी पर्यटन परिषद्का महासचिव अकबर अल–बकिरले जनाएअनुसार कतारले आफ्ना मित्रहरुलाई मात्र दिने जनाएका हुन् ।

सन् २०१७ यता कतार र इजिप्टसहितका अन्य अरब मुलुकहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइनबीच सम्बन्ध बिग्रिदै गएको अवस्थामा कतारी पर्यटन परिषद्को यस्तो भनाई सार्वजनिक भएको हो ।

ती मुलुकहरुले कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै सन् २०१७ मा द्विपक्षीय सम्बन्ध सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए । त्यसयता इजिप्टबाहेकका अरु खाडी मुलुकले कतारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन निर्देशन दिएपनि इजिप्टले त्यसो गरेको थिएन । कतारमा अझै पनि ठूलो सङ्ख्यामा इजिप्टका कामदारले काम गरिरहेको बताइन्छ ।

यसअघि कतारले अरब विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको मुलुक इजिप्टका नागरिकलाई आफ्नो मुलुक आउन नदिने आशंका बढिरहेका बेला कतारी पर्यटन परिषद्का महासचिवबाट यस्तो भनाइ आएको हो ।

यद्यपि कतारले आफ्नो मुलुकमा रहेका इजिप्टका नागरिकलाई देश निकाला भने नगर्ने बताइएको छ ।

कतारका २७ लाख जनसङ्ख्यामध्ये केबल ३ लाख मात्रै कतारी नागरिक छन् । जनसङ्ख्याको बाँकी हिस्सा भने अन्य मुलुकका कामदार तथा आप्रवासी छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : १७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन