नेपालमा ४० लाख व्यक्तिमा बाथ रोग, समयमै उपचार नगरे १० वर्ष आयु घट्ने ! « Khabarhub

नेपालमा ४० लाख व्यक्तिमा बाथ रोग, समयमै उपचार नगरे १० वर्ष आयु घट्ने !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपालमा बाथ रोगीहरु बढ्दै गएको राष्ट्रिय बाथ रोग सेन्टरले जनाएको छ । नेपालमा ४० लाख बाथ रोगी रहेको चिकित्सकहरुले बताएका छन् ।

बाथ रोगका बिरामीमध्य १० प्रतिशतमा ढाडको बाथ रोग भटिने गरेको सेन्टरकी डाक्टर डाक्टर श्वेता नकर्मीले बताइन् । । ढाडको बाथ रोगले मेरुदण्डमा असर पर्ने डा नकर्मीको भनाइ छ । ढाडको बाथ रोग ४५ वर्ष मुनिका पुरुषमा बढी रहेको छ ।

ढाडको बाथ रोगको लक्षण

–मेरुदण्ड बिहानीपख दुख्ने,

– विस्तारै मेरुदण्ड बाङ्गिदै जाने,

– हात तथा खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने,

–बिहान अरठ्ठो हुने,

–आखा बारम्बार रातो भएर दुख्ने,

–कुर्कुच्चाको मुनि वा पछाडी दुख्ने ।

बाथ रोगको समयमै पहिचान र उपचार गरेको यो रोग निको हुन्छ । तर समयमा उपचार नगर्दा मेरुदण्ड र जोर्नीहरु बाङ्गिने, जोडिने तथा मुटुको भल्बको समस्या, फोक्सोमा जालि पर्ने र मिर्गौलामा पनि असर पर्नसक्ने डा नकर्मीले बताइन् ।

उनले भनिन, ‘समयमै उपचार शुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ तर समयमा उपचार गरिएन भने मुटु, फोक्सो र मिर्गौलामा समेत असर पर्छ ।’

बाथ रोगको समयमै उपचार नगर्ने व्यक्तिको आयु १० वर्ष कम हुने डा नकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : १३ बजे

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते