हिट फिल्म ‘एभेन्जर्स एन्डगेम’ डाउनलोड गर्ने लोभमा कतै तपाईं ठगिनु भएको त छैन ? | Khabarhub Khabarhub

हिट फिल्म ‘एभेन्जर्स एन्डगेम’ डाउनलोड गर्ने लोभमा कतै तपाईं ठगिनु भएको त छैन ?


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हलिउड चलचित्र एभेन्जर्स एन्डगेम तपाईंले हेर्नु भएको छैन र उक्त पूरा चलचित्र हेर्ने लालचमा कुनै अनधिकृत अनलाईन स्रोतबाट डाउनलोड गर्दै हुनुहुन्छ भने सावधान रहनु होला । कयौँ स्किमर्स तथा ह्याकर्स तपाईंलाई एन्डगेम पूरा चलचित्र देखाउने लालच देखाएर ठगी गर्न पर्खिरहेका हुन्छन् । यसक्रममा तपाईंले उक्त चलचित्र हेर्न पाउनुको सट्टा आर्थिक क्षति व्यर्होनु पर्ने हुन सक्छ ।

एन्टी भाइरस कम्पनी क्यासपर्सले आफ्नो एक ब्लगमा यसबारे जानकारी दिँदै विश्व चर्चित चलचित्र एभेन्जर्स एन्डगेम डाउनलोड गर्ने लोभ देखाएर थुप्रै नक्कली योजनाहरु चलाइरहेको जनाएको छ ।

गत शुक्रबार विश्वभर रिलिज भएको उक्त चलचित्रले कमाएको चर्चाको फाइदा उठाउँदै स्किमर्स तथा ह्याकर्सले अवैध अनलाइन स्रोतमार्फत विभिन्न योजना देखाएर मानिसहरुमाथि ठगी धन्धा चलाइरहेको जनाइएको छ ।

क्यासपर्सको ब्लगमा मानिसहरुलाई चेतावनी दिँदै चलचित्र एभेन्जर्स हेर्नका लागि डाउनलोड गरेको खण्डमा तपाईं ठूलो फन्दामा पर्न सक्नु हुने उल्लेख गरिएको छ । यसका शुरुवात एक सामान्य खोजीबाट हुनेछ । सर्च गरिसकेपछि तपाईले कयौँ यस्ता वेबसाइट तथा लिंक पाउनु हुन्छ । जसले तपाईंलाई पूरा चलचित्र देखाउने दावी गरेका हुन्छन् ।

त्यस्ता लिंकलाइ क्लिक गरेपछि स्ट्रिमिङ्ग शुरु हुन्छ । त्यसमा सबै भन्दा पहिले प्रयोगकर्तालाई अकाउण्ट बनाउने विकल्प आउँछ । यहीबाट अनलाइन स्किम शुरु हुन्छ । धेरैजसो साइन अप गर्ने प्रक्रिया फ्रि हुन्छ । यसमा प्रयोगकर्ताले मात्र इमेल ठेगाना राखे पुग्छ । तर पासवर्ड बनाउने प्रक्रियामा जानु पर्ने भएपछि केही अनलाइन साइटले क्रिडिट कार्डको विस्तृत विवरण सिभिसीको पनि माग्ने गर्छ ।

यसबेला भने तपाईंले क्रेडिट कार्डको विवरण भर्नु भयो भने ह्याकर्स तथा स्किमर्सले तपाईंको सबै जानकारी ह्याक गर्ने छ । तपाईंको इमेल आइडी तथा पासवर्डलगायत चोरी हुनेछ ।

अधिकांश व्यक्तिले थुप्रै किसिमका अकाउण्टमा एकै किसिमको पासवर्ड प्रयोग गर्ने गरेको क्यासपर्सको टिमले जनाएको छ । यसको फाइदा उठाउँदै स्किमर्सले ईमेल आईडी तथा पासवर्डको प्रयोग गरी अनलाइन सपिङ, गेमिङ तथा अन्य कार्यमा त्यसलाई प्रयोग गर्ने बताइएको छ ।

कसरी बच्ने ?

इन्टरनेटमा हुने गलत कार्यबाट बच्न तपाईंले कुनै कुराको खोजीका लागि सर्च इन्जिनको प्रयोग गर्दै हुनुहुन्छ भने कुन उद्देश्यका लागि त्यस्तो विषयको खोजी गरिरहेको छु भन्ने कुरा आफै निक्र्योल गर्न आवश्यक छ ।

सर्च इन्जिनले स्किमिङ अर्थात गलत प्रयोजनका लागि प्रयोग भइरहेका साइटलाई फिल्टर गर्दैन । जसले गर्दा तपाईं गलत साइटमा पुग्न सक्नु हुनेछ । कुनै पनि साइटले तपाईंको क्रेडिट कार्डको विवरण माग्छ भने त्यस्तो अवस्थामा नदिनु होला । पासवर्ड म्यानेजरको प्रयोग गर्नु उपयुक्त हुन्छ । जसले पासवर्ड प्रयोग गर्न सीमित दायरा मात्र दिएको हुन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : ४६ बजे

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौं– सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर