फानी चक्रवातः भारतमा मृत्यु हुनेको संख्या २१ पुग्यो | Khabarhub Khabarhub

फानी चक्रवातः भारतमा मृत्यु हुनेको संख्या २१ पुग्यो


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यस्थित पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

फानी चक्रवातले मच्चाएको बितण्डाले अझै पनि उक्त क्षेत्र सञ्चार सम्पर्कबाट विक्षेद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै उडिसा राज्यका अन्य क्षेत्रसँगको पनि सम्पर्क टुटेका छन् । पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेपछि राज्यका अन्य क्षेत्रमा पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

फानी चक्रवातले पुर्‍याएको क्षतिका कारण दुई दिन बित्दा पनि विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । सयौँ बिजुलीका पोल ढल्नुका साथै ट्रान्सफर्मरहरुमा क्षति पुगेको छ । यस्तै, दर्जनौँ सडकका पुल भत्किएका छन् भने शहरी क्षेत्रलाई जोड्ने मुख्य सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा पानीको आपुर्ति समेत प्रभावित भएको छ । जसका कारण पिउन र शौचालय जानसमेत मानिसहरुले समस्या भोग्नु परिरहेको छ । उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले फानी चक्रवातको खतरामा रहेका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ०९ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन