‘टिकटक’ ले ल्यायो नयाँ फिचर | Khabarhub Khabarhub

‘टिकटक’ ले ल्यायो नयाँ फिचर


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भिडियो शेयरिङ एप ‘टिकटक’ले भारतमा नयाँ फिचर शुरु गरेको छ ।

टिकटकको सेफ्टी क्विज फिचरले प्रयोगकर्तामा अनलाईन सुरक्षाको विषयमा जागरुकता बढ्ने कम्पनीले दावी गरेको छ । कम्नीले यो नयाँ फिचरलाई भारतका साथै युरोपियन बजारमा पनि लन्च गर्ने योजना रहेको जनाएको छ ।

सेफ्टी क्विजले प्रयोगकर्तालाई सुरक्षित पासवर्ड कसरी राख्ने, सुरक्षासँग जोडिएका सामान्य जानकारी, सामग्री शेयरिङमा कस्तो सावधानी अपनाउनु पर्छ भन्नेलगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

नयाँ सुविधामा डिभाइस म्यानेजर र नोटिफिकेसन नियन्त्रण गर्न सकिने छ । कम्पनीको एकको मासिक कमाई २४ करोड भारु रहेको एक रिपोर्टले जनाएको छ । यस्तै, संसारभर टिकटकलाई एक सय करोडभन्दा बढी पटक डाउनलोड गरिएको कम्पनीको दावी छ ।

अश्लिल सामग्रीका कारण टिकटकमाथि केही दिन अघि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धपछि पुनः एक पटक प्रयोगकर्तामाझ आएको टिकटकको एप दोस्रो पटक गुगल प्ले स्टोर र एपल एप स्टोरमा फेरि डाउनलोडका लागि उपलब्ध हुन थालेको छ । प्रतिबन्धका कारण टिकटकले ठूलो क्षति व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ९ : ४४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले