इरानमा राष्ट्रपतिका भाइ भ्रष्टाचार अभियोगमा जेल चलान « Khabarhub

इरानमा राष्ट्रपतिका भाइ भ्रष्टाचार अभियोगमा जेल चलान


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका राष्ट्रपति हसन रौहानीका भाइलाई घुस प्रकरणमा जेल सजाय सुनाइएको छ ।

इरानको समाचार संस्था इर्नाले जनाएअनुसार हसन रौहानीका भाई होसेन फेरेदियोमलाई भ्रष्टाचार तथा घुस प्रकरणमा जेल सजाय सुनाईको हो । यद्यपि उनलाई कति समयका लागि जेल सजाय भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

त्यस्तै, इर्नाको समाचारमा उनलाई भ्रष्टाचारको कुन अभियोगमा सजाय सुनाइएको हो भन्ने पनि खुलाइएको छैन ।

उनी सन् २०१६ देखि विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिदै आएको बताइएको छ । सन् २०१७ मा उनी पहिलोपटक जेल परेका थिए । एक रात जेलमा बिताएका उनी धरौटीमा रिहा भएको बताइएको छ । उनी र उनका अन्य ६ जना साझेदारविरुद्ध गत फेब्रुअरी बाट अदालतमा मुद्धा चलेको थियो ।

सजाय सुनाइएका होसेन फेरेदियोम इरानका वरिष्ठ कुटनीतिज्ञ तथा राजनीतिक रुपमा प्रभावशाली मानिसका रुपमा लिइन्छ ।

सन् २०१५ मा इरान र पश्चिमा मुलुकबीच भएको आणविक सम्झौका बेला पनि उनको भूमिका महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि पछिल्लो सजायलाई भने इरानका उदारवादी राष्ट्रपति हसन रौहानी र उग्रवादी संस्थापनबीच गहिरिँदो राजनीतिक खिचातानीको नतिजाको रुपमा लिइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ४३ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत