डाउन सिण्ड्रोम भएको शिशु अस्पतालमै छाडेर भागेकी पूर्वसांसद साह पक्राउ | Khabarhub Khabarhub

डाउन सिण्ड्रोम भएको शिशु अस्पतालमै छाडेर भागेकी पूर्वसांसद साह पक्राउ


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाउन सिण्ड्रोम भएको शिशु जन्मिएपछि मेडिसिटी अस्पतालमै शिशु छाडेर हिँडेकी पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो ४ बजे अस्पताल परिसरमा अस्पताल विरुद्ध प्रदर्शन गरीरहेकी साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले शिशु लिन अस्वीकार गर्दै अस्पतालमा होहाल्ला गर्न थालेको भन्दै अस्पतालले प्रहरीमा उजुरी दिएको थियो ।

गत फागुन २८ गते मेडिसिटी अस्पतालमा साहले छोरा जन्माएकी थिइन् । शल्यक्रिया गरेर जन्मिएको शिशुमा डाउनसिण्ड्रोमको लक्षण देखिएपछि साहले अस्पतालको लापरबाहीले अशक्त शिशु जन्मिएको भन्दै नवजात शिशु लिन अस्वीकार गर्दै आएकी छन् ।

साहले अस्पतालको कमजोरीले अशक्त शिशु जन्मिएको भन्दै शिशुको जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छन् । यता अस्पतालले भने डाउनसिण्ड्रोम भएको शिशु जन्मनु अस्पतालको गल्ति नभएको भन्दै शिशु आमाले जिम्मा लिनुपर्ने बताउँछै आएको छ ।

साहले आफ्नो छोरा लिन अस्वीकार गरेपछि शिशुलाई मेडिसिटि अस्पतालकै एनआइसियुमा राखिएको छ ।

के हो डाउन सिण्ड्रोम ?

‘डाउन सिण्ड्रोम’ जन्मजात अवस्था हो । सामान्य मानिसको शरीरमा ४६ वटा क्रोमोजोम हुन्छ । तर ‘डाउन सिण्ड्रोम’भएका व्यक्तिमा एउटा क्रोमोजोम बढी हुन्छ । जसका कारण उनीहरुमा शारीरिक तथा बौद्धिक अपाङ्गता सिर्जना हुन्छ । उनीहरुमा अन्य व्यक्तिमा भन्दा बढी स्वास्थ्य समस्या देखिन्छ ।

३५ वर्ष नाघेपछि गर्भधारण गरेकी गर्भवतीबाट जन्मिने शिशूमा ‘डाउन सिण्ड्रोम’ हुने सम्भावन बढी हुने गर्छ । आमा वा बुबामध्ये एउटाको वंशबाट एउटा अतिरिक्त क्रोमोजोम बच्चामा आउन सक्छ ।

डाउन सिण्ड्रोम भएका बालबालिकाहरुमा लक्षणहरु स्पष्ट देखिन्छ । तर डाउन सिण्ड्रोमा हो वा होइन भनेर यकिन गर्न भने क्रोमोजोम परिक्षण गर्नुपर्छ । डाउन सिण्ड्रोम अवस्थामा देखिने लक्षणहरु यस्ता छन् ।

डाउन सिण्ड्रोमको लक्षण

जन्मदा कम तौ हुने ।

जोर्नीहरु खुकुलो हुने गोलो अनुहार हुने ।

आखाँ अली छड्के हुने ।

नाक सानो र डाँडी नभएको हुने ।

खाने मुख सानो हुने ।

मुखभित्रको तालुमा गहिरो खाल्डो हुने ।

जिब्रो प्राय बाहिर निकालिरहने ।

जिब्रो चुसिरहने ।

जिब्रो मोटो र फुटेको जस्तो देखिने ।

कान सानो हुने ।

पछाडिको भाग फराकिलो हुने ।

दाँत मिलेर नआउने तथा दाँत नै नआउने ।

हात र खुट्टाको पाखुरा र पीडौलाको लम्बाई छोटो हुने ।

छाती परेवाको जस्तो उठेको हुने ।

पेट केही ठूले आकारको हुने ।

हातखुट्टा भ्यात्त परेको हुने।

औलाहरु छोटो र मोटो हुने ।

गर्दन छोटो र मोटो हुने ।

छाला सुख्खा हुने र एलर्जी छिट्टै हुने ।

खुट्टाको बुढीऔला तथा मानसिक विकासमा सुस्तता आउने ।

हत्केलाको मध्यभागमा एउटा मात्र रेखा हुने ।

डाउन सिण्ड्रोम भएका बालबालिकामा यस्ता लक्षणहरु आंशिक वा पूर्ण रुपमा देखा पर्न सक्छन् ।

डाउन सिण्ड्रोम रोग होइन । यो जन्मजात रुपमा वंसबाट आएको गुण हो । डाउन सिण्ड्रोम भएका बालबालिकाको शारीरिक र बौद्धिक विकास सुस्त हुन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : १९ बजे

संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गर्ने लक्ष्य 

काठमाडौं– सरकारले संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन

बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

काठमाडौं– सरकारले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले संसदीय समिति गठन

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन

काठमाडौं– सरकारले शान्ति कोष स्थापना गर्न आगामी आर्थिक वर्ष २०८१-०८२

आगामी बजेटमा बजेटरी सुधारको संकेत देखिएन : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी