डाउन सिण्ड्रोम भएको शिशु अस्पतालमै छाडेर भागेकी पूर्वसांसद साह पक्राउ « Khabarhub

डाउन सिण्ड्रोम भएको शिशु अस्पतालमै छाडेर भागेकी पूर्वसांसद साह पक्राउ


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाउन सिण्ड्रोम भएको शिशु जन्मिएपछि मेडिसिटी अस्पतालमै शिशु छाडेर हिँडेकी पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो ४ बजे अस्पताल परिसरमा अस्पताल विरुद्ध प्रदर्शन गरीरहेकी साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले शिशु लिन अस्वीकार गर्दै अस्पतालमा होहाल्ला गर्न थालेको भन्दै अस्पतालले प्रहरीमा उजुरी दिएको थियो ।

गत फागुन २८ गते मेडिसिटी अस्पतालमा साहले छोरा जन्माएकी थिइन् । शल्यक्रिया गरेर जन्मिएको शिशुमा डाउनसिण्ड्रोमको लक्षण देखिएपछि साहले अस्पतालको लापरबाहीले अशक्त शिशु जन्मिएको भन्दै नवजात शिशु लिन अस्वीकार गर्दै आएकी छन् ।

साहले अस्पतालको कमजोरीले अशक्त शिशु जन्मिएको भन्दै शिशुको जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छन् । यता अस्पतालले भने डाउनसिण्ड्रोम भएको शिशु जन्मनु अस्पतालको गल्ति नभएको भन्दै शिशु आमाले जिम्मा लिनुपर्ने बताउँछै आएको छ ।

साहले आफ्नो छोरा लिन अस्वीकार गरेपछि शिशुलाई मेडिसिटि अस्पतालकै एनआइसियुमा राखिएको छ ।

के हो डाउन सिण्ड्रोम ?

‘डाउन सिण्ड्रोम’ जन्मजात अवस्था हो । सामान्य मानिसको शरीरमा ४६ वटा क्रोमोजोम हुन्छ । तर ‘डाउन सिण्ड्रोम’भएका व्यक्तिमा एउटा क्रोमोजोम बढी हुन्छ । जसका कारण उनीहरुमा शारीरिक तथा बौद्धिक अपाङ्गता सिर्जना हुन्छ । उनीहरुमा अन्य व्यक्तिमा भन्दा बढी स्वास्थ्य समस्या देखिन्छ ।

३५ वर्ष नाघेपछि गर्भधारण गरेकी गर्भवतीबाट जन्मिने शिशूमा ‘डाउन सिण्ड्रोम’ हुने सम्भावन बढी हुने गर्छ । आमा वा बुबामध्ये एउटाको वंशबाट एउटा अतिरिक्त क्रोमोजोम बच्चामा आउन सक्छ ।

डाउन सिण्ड्रोम भएका बालबालिकाहरुमा लक्षणहरु स्पष्ट देखिन्छ । तर डाउन सिण्ड्रोमा हो वा होइन भनेर यकिन गर्न भने क्रोमोजोम परिक्षण गर्नुपर्छ । डाउन सिण्ड्रोम अवस्थामा देखिने लक्षणहरु यस्ता छन् ।

डाउन सिण्ड्रोमको लक्षण

जन्मदा कम तौ हुने ।

जोर्नीहरु खुकुलो हुने गोलो अनुहार हुने ।

आखाँ अली छड्के हुने ।

नाक सानो र डाँडी नभएको हुने ।

खाने मुख सानो हुने ।

मुखभित्रको तालुमा गहिरो खाल्डो हुने ।

जिब्रो प्राय बाहिर निकालिरहने ।

जिब्रो चुसिरहने ।

जिब्रो मोटो र फुटेको जस्तो देखिने ।

कान सानो हुने ।

पछाडिको भाग फराकिलो हुने ।

दाँत मिलेर नआउने तथा दाँत नै नआउने ।

हात र खुट्टाको पाखुरा र पीडौलाको लम्बाई छोटो हुने ।

छाती परेवाको जस्तो उठेको हुने ।

पेट केही ठूले आकारको हुने ।

हातखुट्टा भ्यात्त परेको हुने।

औलाहरु छोटो र मोटो हुने ।

गर्दन छोटो र मोटो हुने ।

छाला सुख्खा हुने र एलर्जी छिट्टै हुने ।

खुट्टाको बुढीऔला तथा मानसिक विकासमा सुस्तता आउने ।

हत्केलाको मध्यभागमा एउटा मात्र रेखा हुने ।

डाउन सिण्ड्रोम भएका बालबालिकामा यस्ता लक्षणहरु आंशिक वा पूर्ण रुपमा देखा पर्न सक्छन् ।

डाउन सिण्ड्रोम रोग होइन । यो जन्मजात रुपमा वंसबाट आएको गुण हो । डाउन सिण्ड्रोम भएका बालबालिकाको शारीरिक र बौद्धिक विकास सुस्त हुन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : १९ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै