प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत « Khabarhub

प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

बैठकले प्राधिकरणको समग्र पुनःनिर्माणको कार्यक्रमका निम्ति करीब रु ६ खर्ब ३० अर्ब रकम सरकारको बजेटरी कार्यक्रम र दातृ निकायकोसमेत सहयोगमार्फत परिचालित हुने रकमको वित्तीय आँकलन गरेको छ । सोहीअनुसारको वित्तीय खाका बैठकमा प्रस्तुत गरिएको थियो ।

उल्लेखित वित्तीय आँकलन तथा खाकाका आधारमा प्राधिकरणको पुनःनिर्माणसम्बन्धी समग्र कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।  बैठकमा प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाई पीडितलाई चाँडोभन्दा चाँडो छानामुनि ल्याउन निर्देशन दिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडासहित विपक्षी दलका प्रतिनिधिलगायत प्राधिरणसँग सम्बन्धित पदाधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : १२ बजे

रामेछापमा उज्यालो नेपाल पार्टीका योन्जनको अग्रता

काठमाडौं- रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका

काठमाडौं-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ पनि विजयी 

काठमाडौं– काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त

सुरक्षा र खनिज साझेदारीमा केन्द्रित कार्नीको जापान भ्रमण

टोकियो– इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य, साइबर जोखिम र महत्त्वपूर्ण खनिज

काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल २१ हजार मतान्तरले विजयी 

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी

जकार्ता– इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने