रामेछापमा उज्यालो नेपाल पार्टीका योन्जनको अग्रता « Khabarhub

रामेछापमा उज्यालो नेपाल पार्टीका योन्जनको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार दिप बहादुर योन्जनले अग्रता लिएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार चिम चिन्ह भएका योन्जनले ६ सय ४२ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन्। उनलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार श्याम कुमार श्रेष्ठले ३ सय ९६ मतका साथ पछ्याइरहेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का १ सय ४१ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले हालसम्म ९४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी भने ६३ मतका साथ चौथो स्थानमा देखिएका छन् । रामेछापमा नयाँ र साना भनिएका दलहरूले स्थापित पुराना शक्तिहरूलाई कडा चुनौती दिइरहेका कारण चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : १४ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै