कांग्रेस इन्जिन विनाको गाडी बन्नु हुँदैनः नेता सिटौला « Khabarhub

कांग्रेस इन्जिन विनाको गाडी बन्नु हुँदैनः नेता सिटौला


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस इन्जिन विनाको गाडी जस्तै बनेको भन्दै यसतर्फ सचेत रहन युवाहरुमाझ जागरण गरेका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत मोरङ क्षेत्र नं. १ को आयोजनामा उर्लाबारीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसलाई चलायमान बनाउन देशभरी जागरण अभियान चलाइरहेको उल्लेख गर्दै अब कांग्रेस इन्जिन विनाको गाडी बन्न नहुने उनले बताए ।

मुलुकमा भएका हरेक आन्दोलनमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले कांग्रेसलाई चलयमान र सक्रिय बनाउन कार्यकर्ताले नेतृत्वलाई खबरदारी गर्नु पर्नेमा जोड दिए ।

उनले पार्टी नेतृत्वले भातृ संगठनहरुलाई राम्रोसँग परिचालन गर्न नसकेको बताए । तरुण दल, नेविसंघ र महिला संघ कुनैपनि भातृ संगठनहरुले राम्रोसँग काम नगरिरहेको नेता सिटौलाको भनाई छ ।

उनले पार्टीभित्र आपसी बैमनस्यता र कलह अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको औल्याए । वर्तमान सरकार जनताको नभई कम्युनिष्टको मात्र भएको समेत उनले आरोप लगाए ।

कार्यक्रममा बोल्दै अधिकांश नेता तथा कार्यकर्ताहरुले पार्टीमा मौलाएको गुटगत राजनीतिको अन्त्य नभएसम्म कांग्रेस चलयमान बन्न नसक्ने बताए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ४५ बजे

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा