सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’ « Khabarhub

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

नवनिर्वाचित सांसदलाई सुझाव ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नू


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा आफू निर्वाचित हुन नसके पनि देशको समृद्धिका लागि आफ्नो भूमिका जारी रहने बताएका छन्। रास्वपाबाट समानुपातिक सूचीमा रहेका मल्लले क्रिकेटको उदाहरण दिँदै देशको हित नै सर्वोपरि भएको धारणा राखेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राख्दै उनले भनेका छन्, “क्रिकेटबाट मैले सिकेको कुरा- मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन।” उनले खेल व्यक्तिगत रेकर्डका लागि नभई टिमको जितका लागि खेलिने उल्लेख गर्दै राजनीतिमा पनि सोही मर्म लागू हुनुपर्नेमा जोड दिएका छन्।

नवनिर्वाचित सांसदलाई सफल कार्यकालको शुभकामना दिँदै मल्लले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकढिक्का भएर काम गर्न आग्रह गरेका छन्। उनले निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै आफूलाई अवसर दिने रास्वपा परिवार, कुमार पौडेल र बालेन शाहप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

“म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु,” मल्लले भनेका छन्, “किनकि अन्त्यमा, व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो।”

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १० : १६ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।