आज सार्वजनिक बिदा « Khabarhub

आज सार्वजनिक बिदा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले आज (बुधबार) सर्वाजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्रिपरिषद् बैठकको जेठ १० गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

गत वर्ष सरकारले बिदा कटौती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाको माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको हो।

ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए।

यसैगरी प्रदेश २ सरकारले  पनि मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा आज सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी गराइएका हुन्।

गृह मन्त्रालयकाे सूचना

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ५२ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली