हात भाँचिने गरी कुट्ने शिक्षिका लक्ष्मी पुन पक्राउ, के भन्छन् विद्यार्थी ? « Khabarhub

हात भाँचिने गरी कुट्ने शिक्षिका लक्ष्मी पुन पक्राउ, के भन्छन् विद्यार्थी ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– बिद्यालय ढिलो आएको भन्दै पाँच जना बिद्यार्थीको हात भाँचिने गरि कुट्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शिक्षिका पुनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ । उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाए पनि पैसा नदिएपछि घटना सार्वजनिक भएको हो ।

जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन् । उनले यसअघि पनि विद्यार्थीहरुलाई यसरी नै पिट्ने गरेको घाईते विद्यार्थीहरुले बताएका छन् ।

फेरि पनि कुटाई खाइने पो हो कि भन्ने डरले शिक्षिकाको यातनाका बारेमा विद्यार्थीहरुले केही बोल्न चाहेका छैनन् । शिक्षिकाको कुटाईबाट यसअघि पनि एक जना बिद्यार्थीको कान फुटेको र अहिले कानै नसुन्ने भएको समेत विद्यार्थीको आरोप छ ।

शिक्षिकाको कुटाईबाट हात भाचिएकाहरु भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोका रहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : १३ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन