प्रचण्डले भने-जाति, धर्म सबै मिलेर देश समृद्ध बनाउनुपर्छ « Khabarhub

प्रचण्डले भने-जाति, धर्म सबै मिलेर देश समृद्ध बनाउनुपर्छ


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले जाति, धर्म, क्षेत्र, लिंग र समूदायको सामुहिक प्रयासबाट देश समृद्ध बन्ने बताएका छन् ।

मुस्लिम समुदायको महान् चाड ईद उल-फित्रको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले यो चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको सन्देश दिएको बताए । प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो भनेका छन् ।

प्रचण्डले सन्देशमा लेखेका छन्, ‘हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’

यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने प्रचण्डको विश्वास छ ।

Image may contain: text

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ३४ बजे

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा