आज बस्ने नेकपा सचिवालयले टुंग्याउला केन्द्रीय कमिटीको जिम्मेवारी ? « Khabarhub

आज बस्ने नेकपा सचिवालयले टुंग्याउला केन्द्रीय कमिटीको जिम्मेवारी ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) फेरि बस्दैछ । हिजो (मंगलबार) बसेको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएपछ आज दिउँसो १२ बजेका लागि पुन: बैठक बोलाइएको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडका विषयमा कुरा नमिलेपछि थप छलफल गर्न भन्दै बैठक आजका लागि सारिएको हो । शीर्ष २ नेताबीच प्रदेश पदाधिकारी चयनमा पनि कुरा मिलेको छैन । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा २ नेताबीच मत नमिलेको हो ।

हिजोको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँटको विषयमा छलफल भए पनि निर्णय हुन नसकेपछि आज फेरि बैठक बोलाइएको बताउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी तय गर्ने बताए । उनले भने, ‘आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी टुंग्याउने गरी छलफल हुनेछ । त्यसपछि समय पुगेका सांगठनिक एकीकरणसहित प्रवास संगठन एकतालगायतका विषयमा छलफल हुनेछ । जिम्मेवारी बाँडफाँटको विषयमा छलफल गर्दा समय अपुग भए सांगठनिक प्रक्रिया टुंग्याउन फेरि अर्को बैठक बस्नेछ ।’

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन