तपाईंको सानो गल्तीले गुम्न सक्छ सुन्ने शक्ति, यसरी गर्नुहोस् कानको हेरचाह « Khabarhub

तपाईंको सानो गल्तीले गुम्न सक्छ सुन्ने शक्ति, यसरी गर्नुहोस् कानको हेरचाह


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कान मानिसको प्रमुख ज्ञानेन्द्रियमध्यको एउटा महत्पूर्ण अङ्ग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्दछ । कान मानिसको अनुहारको दायाँ र बायाँ भागमा हुन्छ । कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तलुनमा राख्ने हो । कान बाह्य, मध्य र भित्री भागमा विभाजित हुन्छ ।

कानको बाह्य भाग, जुन सिमि आकारको मांसपेशी र कुरकुरे हड्डीबाट बनेको हुन्छ । मध्य भागमा ३ ओटा स–साना हड्डी हुन्छन्, जसलाई घन, अचानो र रिकाप भनिन्छ । कानको मध्य भागको एउटा नलीद्धारा नाक र घाँटीसँग जोडिएको हुन्छ । भित्री भागमा तरल र विशेष किसिमका तन्तुहरु रहेको हुन्छ ।

बाहिरबाट आएको आवाज कानको प्वाल, जाली हड्डी हुँदै भित्री भागमा प्रवेश हुन्छ । त्यहाँ सुनाइ र सन्तुलन सम्बन्धी विशेष काम हुन्छ । सो तरङ्गको रुपमा नसाहरुले मस्तिष्क वा केन्द्रसम्म पुर्‍याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ । यदि कानको अवस्था ठीक छैन भने आवाज ग्रहणता र प्रतउत्तरमा पनि बाधा पुग्न जान्छ । साथसाथै शरीर असन्तुलन हुन पनि सक्छ । कानमा हुने समस्या तथा रोगको समयमा उपचार गरिएन भने जीवनभर नै पूरा बहिरो वा अर्ध बहिरो भएर बाँच्नुपर्ने हुन्छ । त्यसैले स्वस्थ जीवनको लागि स्वथ्य काम महत्पूर्ण हुन्छ ।

कानमा हुने समस्या

–कान दुख्ने,

–कान पाक्ने, कानबाट पीन, पानी र रगत मिश्रित झोल पदाथए बग्नु,

–कानको सुनाइ कम हुने,

–कान कराउने,

–कानको वरिपरी सुन्निने,

–कान चिलाउने,

–रिंगटा लाग्ने ।

कानमा समस्या यसकारण देखिन्छ

–कानेगुजी भरिनु,

–बाहिरी, मध्य र भित्री कानमा रोगको संक्रमण,

–कानका हड्डी जाम हुनु,

–उमेर बढ्दै जाँदा कानको नसा सुक्दै जानु,

–मेनिन्जाइटिस्, इन्सेफलाइटिस्, टाइफाइड आदि रोगहरु लाग्नु,

–चोटपटक लाग्नु,

–कानभित्र मासु पलाउनु,

–ध्वनी प्रदूषण ।

कसरी सचेत रहने ?

–कानभित्र पानी पस्न नदिने,

–कानमा तेल वा कुनै तरल पदार्थ नराख्ने,

–कान कोट्याउने काम नगर्ने,

–रुघा लाग्दा सचेत रहने,

–बच्चालाई खानेकुरा वा तरल पदार्थ खुवाउदा बसाएर वा टाउकोलाई माथि बनाएर खुवाउने ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : १६ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने