श्रीलंकाको पहिलो जीत, अफगानिस्तानका नाभि भन्छन्– हारको जिम्मा बलरले लिँदैनन् « Khabarhub

श्रीलंकाको पहिलो जीत, अफगानिस्तानका नाभि भन्छन्– हारको जिम्मा बलरले लिँदैनन्


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोतामा श्रीलंकाले पहिलो जित हात पारेको छ ।

वेल्सको कार्डिफमा भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै विश्वकपमा पहिलो जित हात पारेको हो । वर्षाका कारण खेल डीएल (डगवर्थविस मेथड) बाट खेल ४२ ओभरमा झारिएको थियो ।

४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंकाद्वारा अफगानिस्तानले १८७ रनको लक्ष्य पाएको थियो । श्रीलंकाले दिएको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्रै बनाउउन सक्यो ।

अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले ४३ रन, हर्जतुल्लाह शाहिदीले ३० रन बनाउँदा गुल्वादीन नाभिले २३ रन बनाए ।

अफगानिस्तानविरुद्ध श्रीलंकाका नुवान प्रदिपले ४ विकेट लिए भने लासिथ मलिंगाले ३ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि कुसल परेराले ७८ रन बनाए । उनले ८१ बल खेल्दै ४ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । यस्तै, दिमुथ करुणरत्नले ३० रन र लाहिरु थिरीमन्नेले २५ रन बनाएका थिए ।

श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ रोजेको अफगानिस्तानका लागि मोहम्मद नाभिले ४ विकेट लिएका थिए भने दावलत जद्रान र राशिद खानले समान दुई–दुई विकेट लिए ।

लगातार दोस्रो खेलमा हार व्येहोरेको अफगानिस्तानका बलर मोहम्मद नाभिले बलरहरुको कमजोरीले नतिजा सुम्पिनु नपरेको बताए । उनले आफ्नो टोलीको पराजयमा बलरले हारको जिम्मा लिन नसक्ने बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ३९ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक