विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै भारत « Khabarhub

विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै भारत


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टोलीले एकदिवसिय विश्वकप क्रिकेटमा आज (बुधबार) दक्षिण अफ्रिकाविरुद्ध खेल्दै विश्वकप यात्रा शुरु गर्दैछ ।

इङ्ग्ल्यान्डको साउथह्यामटनस्थित ह्यामसायर क्रिकेट मैदानमा भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार भारत र अफ्रिकाको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसिय अन्तर्राष्ट्रिय वरियताको दोस्रो स्थानमा रहेको भारतविरुद्ध तेस्रो वरियताको अफ्रिकाले राम्रो खेल्ने योजना बनाएको छ ।

विश्वकपमा अफ्रिकाविरुद्ध राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेको कप्तान विराट कोहलीले बताएका छन् । विश्वकपका अघिल्ला २ खेलमा लगातार हार व्येहोरेको अफ्रिकाका बलरलाई इन्जुरीले सताएका कारण टोली केही कमजोर देखिएपनि कमजोर नआँकी खेल्ने भारतीय टोलीका कप्तान कोहलीले बताए ।

‘दक्षिण अफ्रिकासँग विश्वस्तरका तीव्र गतिका कलर कागिसो रबाडा छन् । उनले जुनसुकै अवस्थामा पनि खेलमा ट्वीस्ट ल्याउन सक्छन् । त्यस्तै, एनगिडीले पनि राम्रो बलर हुन् । त्यसैले हामी विपक्षीसँग सजग भएर खेल्छौं’, कप्तान कोहलीले भने,‘इन्जुरी खेलको पाटो हो । तर, कुनै पनि टिमलाई इन्जुरी हुनु राम्रो होइन । दक्षिण अफ्रिका आफैमा बलियो टोली हो ।’

यस्तै, भारतीय टोलीका ब्याट्सम्यान शिखर धवनले दक्षिण अफ्रिकाले विश्वकपमा अंक जोड्न नसक्नु आफ्नो टोलीका लागि फाइदा भएपनि भारतलाई विश्वकपको पहिलो खेलमा जित निकाल्नु पर्ने दबाब रहेको बताएका छन् ।

लगातार दुई खेल गुमाइसकेको दक्षिण अफ्रिकाका कप्तान फाफ डुपप्लेसीसले भारत विश्वको दोस्रो बलियो टोली भएको बताउँद तेस्रो खेलमा नतिजा आफ्नो पक्षमा पार्ने योजना सहित मैदान उत्रिने बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ४४ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका