दिशा पटानीका ‘हट तस्वीर’ देख्दा कस्तो महसूस गर्छन् उनका पिता ? « Khabarhub

दिशा पटानीका ‘हट तस्वीर’ देख्दा कस्तो महसूस गर्छन् उनका पिता ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिशा पटानी बलिउडकी चर्चित अभिनेत्रीमा एक हुन् । आफ्नो छोटो करिअरको समयमा उनले ‘एमएस धोनी– द अन्टोल्ड स्टोरी’ र ‘बागी २’ जस्ता हिट फिल्म  दिइन् । उनलाई फिल्म ‘भारत’ पनि देख्न सकिन्छ ।

अभिनयका साथसाथै दिशा सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा उनका टन्नै फ्यान फलोइङ छन् । उनी लोकप्रिय अभिनेत्रीमध्ये एक हुन् ।

दिशा पटानीले बिन्दास रहेर कैयन् तस्वीर शेयर गर्छिन् । परिवारले यी तस्वीर देख्दा के सोच्दा हुन् भन्ने प्रश्न पनि कहिलेकाहीँ उठ्ने गर्छ । किनकि, दिशाको परिवारको सोच केही पुरानो छ भन्ने गरिन्छ । यद्यपि दिशालाई आफ्ना मातापिताको राम्रो सहयोग मिलिरहेको छ ।

दिशाका अनुसार सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीर उनले आफ्ना मातापितालाई पनि देखाउँछिन् । आमालाई त ठीकै लाग्छ, तर कहिलेकाहीँ बुबालाई यो रुप अजिब लाग्ने गर्छ । दिशा भन्छिन्, ‘बुबाको यो रियाक्सन स्वभाविक पनि हो, किनकि उहाँ मेरो पिता हुनुहुन्छ ।’

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : ३६ बजे

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी