४२ घन्टाअघि हराएको विमान अझै फेला परेन « Khabarhub

४२ घन्टाअघि हराएको विमान अझै फेला परेन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– हराएको भारतीय वायुसेना को विमान एएन–३२ खोज्ने प्रयास जारी छ ।

४२ घन्टा पहिला ८ जना क्रु सदस्य र ५ जनासहित १३ जना लिएर उडेको विमान आसामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको थियो ।  सोमवार दिउँसो १ बजे पछि विमानसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् ।

विमान हराएको ४२ घन्टा भइसकेको छ र विमानको खोजी अझै जारी छ । खराब मौसमका कारण खोजी कार्यमा समस्या आइरहेको छ । स्याटलाइट, स्पाई एयरक्राफ्ट, फाइटर प्लेन, हेलिकोप्टर तथा सेनाका जवानले खोजी जारी राखेका छन् ।

लापता भएको विमानमा आधुनिक एवियोनिक्स, रडार या आपातकालीन लोकेटर ट्रान्समीटर (ईएलटी) थिएन । विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेश को पश्चिम सिन्याग जिल्लामा चीनको सीमा नजिक फेला परेको थियो । यो विमान यही क्षेत्र आसपास रहेको हुनसक्ने अनुमान गरिएको छ ।

पाँच जिल्लामा खोजी

अरुणाचल प्रदेश का गृहमन्त्री बमांग फेलिक्सका अनुसार पाँच जिल्लाका नागरिक र पुलिस प्रशासनलाई यो सर्च अपरेशनमा सहभागी गराइएको छ ।

जुन क्षेत्रमा विमान हराएको आशंका छ, उक्त क्षेत्र घना वन र दुर्गम रहेको छ । मौसम पनि खराब रहेको र आफूहरु केही खबर प्राप्त हुने आशामा रहेको उनले बताए ।

नौसेनाका प्रवक्ता क्याप्टेन डीके शर्मामा अनुसार तमिलनाडुको अराकोनमा तैनाथ आईएनएस राजालीबाट दिउँसो करीब एक बजे पीडआई विमाने उडान भरेको छ र यो एएन–३२ विमानको खोजी गरिरहेको छ ।

लापता विमानको खोजीका लागि भारतीय वायु सेनाका केही विमान र हेलिकोप्टरले खोजी गरिरहेका छन् । भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो) पनि उपग्रहको मदतमा खोजीकर्तालाई सहयोग गरिरहेको छ ।

हराएको विमान अपग्रेड नभएको समाचारहरु भारतीय सञ्चारमाध्यममा प्रकाशन भएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : १८ बजे

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत