युवा वैज्ञानिक सम्मेलन शुरु « Khabarhub

युवा वैज्ञानिक सम्मेलन शुरु


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीमा दक्षिण एसियाका साथै विभिन्न मुलुकका युवा वैज्ञानिकहरुको सम्मेलन शुरु भएको छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न बुधबारदेखि युवा वैज्ञानिक सम्मेलन भएको हो ।

प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा आयोजित सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्मेलनको उद्घाटन गर्दै विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने हुँदा यस क्षेत्रमा सरकारले लगानी बढाउनु पर्नेमा जोड दिए । उनले भने, ‘युवा वर्गलाई नयाँ खोज अनुसन्धानमा आकर्षित गर्नुपर्छ । समाज परिवर्तन गर्ने शक्ति युवा वर्गमा रहेको छ । युवाका ज्ञान, सीप र सिर्जनालाई सरकारले कार्यान्वयन गरी प्रोत्साहन गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय जल, जङ्गल र जमीनको दोहन कार्य बढ्दै जाँदा यसको असर वातावरण क्षेत्रमा परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सबै क्षेत्र गम्भीर बन्नु पर्ने बताए ।

सम्मेलनको पहिलो दिन सहभागीले प्रविधिमा आधारित विकासले मात्र दिगो विकास सम्भव हुने धारणा राखेका छन् । नेपालका विभिन्न क्षेत्रमा कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : ०६ बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,