इदबारे तपाईंलाई यी चार तथ्य थाहा छ ? « Khabarhub

इदबारे तपाईंलाई यी चार तथ्य थाहा छ ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुधबार नेपालमा मुसलमानहरुले इद मनाएका छन् । इस्लामिक पात्रोको नवौं अर्थात् रमादानको पवित्र महिना सकिएपछि दशौं महिना (शवल)को पहिलो दिनलाई इद अल फित्रको रुपमा मनाइने गरिन्छ ।

रमादानको पवित्र महिनामा हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म मुसलमानहरुले पानी समेत नपिई कठोर ब्रत बस्ने गर्छन् । सोही ब्रत पूरा भएको अवसरमा इद अल फित्र मनाइने गरिन्छ ।

के गरिन्छ इदमा ?

इदका दिन सबै आफन्त तथा साथीभाई भेला भई नमाज पढ्ने, इदको शुभकामना दिने, मिठा खानेकुरा खाने, दान दिने र ‘इद मुबारक’ भनी शुभकामना साटासाट गरी आत्मियता भाइचारा दर्शाइने गरिन्छ । त्यस्तै, विश्वका अधिकांश मुलुकहरुमा इदका दिन सार्वजनिक विदा दिने गरिएको छ ।

चन्द्रमा

इस्लामिक पात्रो चन्द्रमासमा आधारित छ । सोही कारण आकाशमा चन्द्रमा देखिन्छ कि देखिन्न भन्ने हिसाबमा इदको टुङ्गो लाग्ने गरेको छ । हरेक वर्षको रमादान महिना २९ वा ३० दिनको हुने गर्छ । स्थानीय इस्लामिक प्रशासनले चन्द्रमा देखिए–नदेखिएको निक्र्यौल गरी इदको मिति घोषणा गर्ने गरेको छ । विभिन्न भौगोलिक क्षेत्रमा इदको चन्द्रमा कहिले देखिने वा नदेखिने हुनाले विश्वका विभिन्न स्थानमा इद मनाउँदा एक दिनको फरक पर्न सक्छ ।

कसरी शुभकामना दिने ?

इद विश्वको सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व मध्येको एक हो । विश्वका करिब २ अर्ब मुसलमानहरुले इद मनाउँछन् । इदको शुभकामना दिँदा ‘इद मुबारक’ भन्ने गरिन्छ । यसको अर्थ ‘इदको शुभकमना’ भन्ने हुन्छ । खासमा इदको शुभकामना दिँदा अंकमाल गरी इद मुबारक भन्ने परम्परा छ ।

दुई इद

मुसलमानहरुले वर्षमा दुईपटक इद मनाउने गर्छन् । रमजान सकिएसँगै इद अल फित्र मनाइने गरिन्छ भने इस्लामिक पात्रोको १२ आंै महिना दुः अल हिजाको १० तारिखमा इद अल अजहा मनाइने गरिन्छ । इद अल फित्र रमादान सकिएको शुखीयालीमा मनाइन्छ भने इद अल अजहा चाहिँ ईश्वरले छोरा इस्माइलको बली दिन भनी दिएको आज्ञा पूरा गर्न इब्राहिम तत्पर भएको सम्झनामा मनाइन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : ११ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग