अमेरिकाद्वारा आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज « Khabarhub

अमेरिकाद्वारा आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाले आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज लगाएको छ ।

अमेरिकाको अर्थमन्त्रालयले आफ्ना नागरिकलाई शैक्षिक भ्रमण, पर्यटन तथा स्वास्थ्योपचारका लागि क्युबा जान प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय अमेरिकी नागरिकका लागि क्युबा आकर्षक गन्तव्य बन्दै गइरहेका बेला अमेरिकी घोषणाबाट क्युबाको अर्थतन्त्रमा नराम्रो असर पर्नसक्ने आशंका गरिएको छ ।

सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।

क्युबाले अमेरिकी पर्र्यटकबाट हुने आम्दानीलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सहयोग गर्नका लागि खर्च गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

क्युबाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सहयोग गरी ल्याटिन अमेरिकामा अस्थीरता उत्पन्न गरेको अमेरिकी आरोप छ । यता क्युबाले भने अमेरिकी कदमको निन्दा गरेको छ ।

यसअघि सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको प्रशासनमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : ५२ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी