कुन खाद्यान्नमा के मिसाइएको हुन सक्छ ? मिसावटले यस्तो रोगको खतरा « Khabarhub

कुन खाद्यान्नमा के मिसाइएको हुन सक्छ ? मिसावटले यस्तो रोगको खतरा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाद्य मिसावट भनेको खाद्य पदार्थमा कुनै प्रकारका अखाद्य वस्नुको मिलावट गरी खाद्य पदार्थको गुणस्तरमा ह्रास गर्ने गैर कानूनी प्रक्रिया हो ।

खाद्य पदार्थमा अखाद्य पदार्थ मिसाउँदा खाद्य पदार्थ न्यूनस्तरको हुन्छ । जसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउँछ । खाद्य पदार्थमा मिसावट गर्नु गैर कानूनी भनिए पनि व्यपारीहरुले धेरै लाभ लिन खाद्य पदार्थमा अखाद्य पदार्थ मिसाएर बिक्री गर्न सक्छन् ।

खाद्य पदार्थमा हुने मिसावटले उपभोक्ताले बढी मुल्य तिरेर कम गुणस्तरको खाद्यपदार्थ खरिद गर्नुपरिरहेको हुनसक्छ । यती मात्रै होइन, खाद्य पदार्थमा मिसाइएको अखाद्य वस्तुले स्वास्थ्यमा गम्भिर असर पर्नसक्छ ।

कुन खाद्यन्नमा के मिसाइएको हुनसक्छ ?

–चामल, गहुँ : माटो, साना ढुङ्गा, बालुवा, बिंया, चोकर, भुस, खरी, परालका टुक्रा ।

–आँटा, मैदा : माटो, बालुवा, चोकर, कसिंगर, चकको धुलो ।

–दाल : खेशरी दाल, कोल्टा डाई ।

–घ्यू, मक्खन : बनस्पति घ्यू, आलु, तरुल, कृत्रिम रङ्ग ।

–दूध : पानी, स्टार्च, खाने सोडा ।

–खाने तोरीको तेल : गाडीमा प्रयोग भइसकेको मोविल, आर्जेमोन तेल, खनिज तेल, क्यास्टर तेल, ट्राईक्रेसाईन फस्फेट ।

–धुलो नुन र चिनी : चक पाउडर, खाने सोडा ।

– रातो खुर्सानीको धुलो : खरी ढुङ्गा, ईंटाका धुलो, कृत्रिम रङ्ग ।

–मह : चिनी पानी ।

–मिठाई :साकारीन, मालाचाईट ग्रिन, रोडामाईन बि, मेटालिन एल्लो जस्ता अखाद्य रङ्ग, आलमुनियमको तपक ।

–बेसार धुलो : एल्लो एनिलिन डाई, मेटानिल एल्लो पहेँलो माटो, बालुवा ।

–खुवा : स्टार्च, पिठो ।

– चिया : कोल टार डाई नामक कृतिम रङ्ग, काठका टुक्राहरु ।

–कफी : टामारिण्ड सिड, पाउडर, बोक्रा ।

–सुपारी : ढुङ्गा, साकारिन, कृत्रिम रङ्ग ।

– हरियो सागसब्जी : मालाचाईट ग्रीन ।

– फलफूल : आर्सेनेट ।

– मसाला : लिड क्रोमेट ।

– जुस, जाम : मेटानिल एल्लो ।

–बनस्पति घ्यू : जैवीक घ्यू, कृत्रिम रङ्ग र स्वाद ।

खाद्य मिसावटले यस्तो पर्छ असर

–खनिज तेल : पाचन प्रणली, कलेजोमा असरमा पुर्‍याउनुका साथै क्यान्सरको जोखिम हुन्छ ।

–लिड : प्लारालाईसिस, कम्पन, दिमागमा असर पुर्‍याउछ ।

– मर्करी : कम्ने, दुखाई हुने, अन्धोपना, बहिरोपनाको समस्या निम्त्याउछ ।

– कोल्टार डाई : आमाशयमा असर, अल्सर हुन्छ ।

–रोडामिन बि : फोक्सो, कलेजोको ट्युमर हुन्छ ।

–मेटानिल एल्लो : क्यान्सर, प्रजनन ग्रन्थीमा असर ।

– आर्जेमोन तेल : इपिडेमिक ड्रप्सी, ग्लुकोमा भन्ने आँखाको रोग तथा मुटुको रोग ।

–क्यास्टर तेल : आमाशयमा असर ।

– ट्राईक्रेसाईन फस्फेट : प्यारालाईसिस, मत्युको जोखिम ।

– चकको धुलो : आमाशयमा असर ।

–टिन : बान्ता हुने, पेटको दुख्ने, टाउको दुखाई बढ्ने ।

–कृत्रिम रङ्ग, स्याकारिन : क्यान्सर हुन्छ ।

–दुधमा मिसाईने प्रदूषित पानी तथा स्टार्च : आमाशयमा असर ।

– टामारिण्ड सिङ, चिरोरी पाउड : पखाला, रिंगटा लाग्ने समस्या हुन्छ ।

–ढुङ्गा, बालुवा, माटो ईँटाको धुलो : पाचन प्रणलीका अङ्गहरुमा असर पर्छ ।

–आर्सेनेट : प्यारालाइसिस, चक्कर लाग्ने समस्या हुन्छ ।

–खेशरी दाल : लेथाईरिज्म क्यान्सर हुन्छ ।

– मोलासेस सुगर, महमा मिसाइने चिनी र पानी : आमाशयमा असर पर्छ ।

– लिड क्रोमेट : एनेमिया, गर्भपतन, प्यालाईसिस तथा दिमागमा असर ।

– एल्लो एनिलिन डाई : क्यान्सर ।

मिसावट गरिएको खाद्य पदार्थको प्रयोगले स्वास्थ्यमा गम्भिर असर पर्छ । त्यसैले खाद्य पदार्थमा मिसावट भए नभएको एकिन गर्नका लागि परीक्षण गर्ने र मिसावट रहित खाद्य पदार्थको मात्र उपायोग गर्ने बानी बसाल्नुपर्छ । खाद्य पदार्थमा मिसावट भए नभएको सजिलैसँग थाहा पाउन सकिदैन त्यसैले नेपाल सरकारको गुणस्तर चिन्ह प्राप्त वा विश्वासिलो श्रोतबाट प्राप्त खाद्य पदार्थ मात्र उपभोग गर्ने बानी गर्नुपर्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ४३ बजे

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।