डिप्रेसनको शिकार बनेकी किशोरीले रोजिन् इच्छामृत्यु « Khabarhub

डिप्रेसनको शिकार बनेकी किशोरीले रोजिन् इच्छामृत्यु


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेदरल्याण्ड्स– नेदरल्याण्ड्सकी एकजना किशोरीले वैधानिक रुपमै स्वेच्छाले आफ्नो प्राण त्यागेकी छिन् । ११ वर्षको उमेरदेखि विभिन्न यौन दुराचारको शिकार बनेकी १७ वर्षे किशोरी नोहा पोटभेनले हालै स्वेच्छाले प्राण त्यागेकी हुन् ।

डिप्रेसनको शिकार बनेकी उनी बाँच्नै नसक्ने अवस्थामा पुगेपछि उनलाई प्राण त्याग्न चिकित्सकले अनुमित दिएका थिए । अन्र्हाम शहरकी उनले आफ्नै कोठामा प्राण त्यागेको जनाइएको छ । उनलाई प्राण त्याग्नका लागि चिकित्सकले प्राणघातक औषधी दिएका थिए ।

आफ्नो प्राण त्याग्नुअघि उनले सामाजिक सञ्जालमा आफू डिप्रेसनबाट हार खाएपछि प्राण त्याग्ने अवस्थामा पुगेको लेखेकी छिन् । सामाजिक सञ्जालमा उनले आगामी १० दिनभित्र आफू प्राण त्याग्न गइरहेको जनाएकी छिन् ।

उनले निकै लामो समयदेखि आफूले खानपिन गर्न समेत बन्द गरेको जनाएकी छिन् । डिप्रेसनमा गएको उनको अवस्थाबारे उनका अभिभावक अनभिज्ञ रहेको तर, पछि पोटभेनले आफ्ना परिवार, साथीभाई तथा आफन्तका लागि अन्तिम पत्र लेखेर आफ्नो कोठामा छाडेकी थिइन् ।

उनकी आमाले उनले लेखेको ‘अन्तिम पत्र’ पढेपछि मात्र उनको अवस्थाबारे परिवारले थाहा पाएका थिए । उनको अवस्था थाहा पाएर परिवारका सदस्यहरु चकित परेका थिए । धेरै ठूलो धैर्यतापश्चात उनलाई प्राण त्याग्न दिन राजी भएका थिए ।

उनी शुरुमा ११ वर्षको उमेरमा एक जन्मदिनको पार्टीमा यौन दुराचारको शिकार बनेको जनाइएको छ । त्यस लगत्तैको वर्ष उनी अर्को पार्टीमा यौन दुराचारको शिकार बनेकी थिइन् । पछि १४ वर्षको उमेरमा अन्र्हेम शहरको एल्डरवेल्ड क्षेत्रमा दुई युवकबाट बलात्कृत भएकी थिइन् । उनले सामाजिक भय र लाजले यस कुरालाई गोप्य राखेको तर भित्रभित्रै डिप्रेसनमा पुगेको जनाइएको छ ।

नेदरल्याण्ड्समा १२ वर्ष भन्दा बढी उमेरकालाई इच्छामृत्युको अधिकार दिइएको छ । त्यहाँ जीवनमा असह्य पीडा भोगिरहेकालाई निकै कठोर प्रक्रियापश्चात इच्छामृत्युको विकल्प दिने गरिएको छ । नेदरल्याण्ड्समा १७ वर्षको उमेर भएकाले इच्छामृत्युका लागि अभिभावकको अनुमति नचाहिने प्रावधान छ । नेदरल्याण्ड्समा सन् २०१७ मा ६ हजार ५ सय भन्दा धेरैले इच्छामृत्युको विकल्प रोजेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : ५६ बजे

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले