डिप्रेसनको शिकार बनेकी किशोरीले रोजिन् इच्छामृत्यु | Khabarhub Khabarhub

डिप्रेसनको शिकार बनेकी किशोरीले रोजिन् इच्छामृत्यु


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेदरल्याण्ड्स– नेदरल्याण्ड्सकी एकजना किशोरीले वैधानिक रुपमै स्वेच्छाले आफ्नो प्राण त्यागेकी छिन् । ११ वर्षको उमेरदेखि विभिन्न यौन दुराचारको शिकार बनेकी १७ वर्षे किशोरी नोहा पोटभेनले हालै स्वेच्छाले प्राण त्यागेकी हुन् ।

डिप्रेसनको शिकार बनेकी उनी बाँच्नै नसक्ने अवस्थामा पुगेपछि उनलाई प्राण त्याग्न चिकित्सकले अनुमित दिएका थिए । अन्र्हाम शहरकी उनले आफ्नै कोठामा प्राण त्यागेको जनाइएको छ । उनलाई प्राण त्याग्नका लागि चिकित्सकले प्राणघातक औषधी दिएका थिए ।

आफ्नो प्राण त्याग्नुअघि उनले सामाजिक सञ्जालमा आफू डिप्रेसनबाट हार खाएपछि प्राण त्याग्ने अवस्थामा पुगेको लेखेकी छिन् । सामाजिक सञ्जालमा उनले आगामी १० दिनभित्र आफू प्राण त्याग्न गइरहेको जनाएकी छिन् ।

उनले निकै लामो समयदेखि आफूले खानपिन गर्न समेत बन्द गरेको जनाएकी छिन् । डिप्रेसनमा गएको उनको अवस्थाबारे उनका अभिभावक अनभिज्ञ रहेको तर, पछि पोटभेनले आफ्ना परिवार, साथीभाई तथा आफन्तका लागि अन्तिम पत्र लेखेर आफ्नो कोठामा छाडेकी थिइन् ।

उनकी आमाले उनले लेखेको ‘अन्तिम पत्र’ पढेपछि मात्र उनको अवस्थाबारे परिवारले थाहा पाएका थिए । उनको अवस्था थाहा पाएर परिवारका सदस्यहरु चकित परेका थिए । धेरै ठूलो धैर्यतापश्चात उनलाई प्राण त्याग्न दिन राजी भएका थिए ।

उनी शुरुमा ११ वर्षको उमेरमा एक जन्मदिनको पार्टीमा यौन दुराचारको शिकार बनेको जनाइएको छ । त्यस लगत्तैको वर्ष उनी अर्को पार्टीमा यौन दुराचारको शिकार बनेकी थिइन् । पछि १४ वर्षको उमेरमा अन्र्हेम शहरको एल्डरवेल्ड क्षेत्रमा दुई युवकबाट बलात्कृत भएकी थिइन् । उनले सामाजिक भय र लाजले यस कुरालाई गोप्य राखेको तर भित्रभित्रै डिप्रेसनमा पुगेको जनाइएको छ ।

नेदरल्याण्ड्समा १२ वर्ष भन्दा बढी उमेरकालाई इच्छामृत्युको अधिकार दिइएको छ । त्यहाँ जीवनमा असह्य पीडा भोगिरहेकालाई निकै कठोर प्रक्रियापश्चात इच्छामृत्युको विकल्प दिने गरिएको छ । नेदरल्याण्ड्समा १७ वर्षको उमेर भएकाले इच्छामृत्युका लागि अभिभावकको अनुमति नचाहिने प्रावधान छ । नेदरल्याण्ड्समा सन् २०१७ मा ६ हजार ५ सय भन्दा धेरैले इच्छामृत्युको विकल्प रोजेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : ५६ बजे

रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’

पाल्पा– पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक

केही भूभागमा वर्षाको सम्भावना, मधेश र लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गाजामा निजी क्षेत्रबाट राहत वितरण गर्ने अमेरिकी प्रस्ताव

वाशिंटन – अमेरिकाले गाजामा राहत वितरणमा लगातार तेस्रो महिना अवरोध

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण

काठमाडौं – “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्)

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय