भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने « Khabarhub

भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने


२२ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भानु साहित्यिक प्रतिष्ठानले रु एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने भएको छ ।
उक्त पुरस्कार उनलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी असार २९ गते प्रदान गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीका अनुसार यस वर्षदेखि अन्य तीन पुरस्कार समेत एकसाथ प्रदान गरिनेछ ।  कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एकापसमा गाभिएपछि अन्य दुई पुरस्कारसमेत एकै दिन प्रदान गर्न लागिएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

रु १५ हजार राशिको भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई, रु ५१ हजार राशिको धनमाया—पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा रु ५१ राशिको टीकाराम–जानुका खरेल साहित्यिक पुरस्कार राम धामीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै धनमाया–पवित्रा स्मृति पुरस्कार कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम–जानुका खरेल स्मृति पुरस्कार हेमराज–मेदनी खरेल प्रतिष्ठानले आफ्ना बुबाआमाको नाममा स्थापना गरेको हो । सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले प्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ९ : १९ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले