कृषिमा आत्मनिर्भर बन्न इजरायलबाट आधुनिक प्रविधि ल्याउँछौंः प्रधानमन्त्री | Khabarhub Khabarhub

कृषिमा आत्मनिर्भर बन्न इजरायलबाट आधुनिक प्रविधि ल्याउँछौंः प्रधानमन्त्री


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले बुधबार आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रविधिले मात्रै देश विकास सम्भव हुने भएकाले सरकाले उक्त प्रविधि ल्याउन लागेको बताएका हुन् ।

कसैको भरमा देश नबन्ने भन्दै उनले स्वदेशकै युवा जमातले समस्याको समाधान गर्ने आधुनिक प्रविधिसहित राज्यका सबै निकाय एक भएर विकासमा लाग्नुपर्ने बताए । उनले भने, “देशमा भएको स्रोत साधनको प्रयोग गर्नुस्, परस्परागत सोचभन्दा माथि उठेर काम गर्नुहोस्, त्यसका लागि सहयोग गर्न सरकार तयार छ ।”

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले देशले परिवर्तन खोजेको हुनाले त्यसका लागि तीन तहबाट युवा परिचालन गर्न आवश्यक रहेको बताए । कामपा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले देशको हरेक समस्याको समाधान युवा पुस्ताबाट मात्रै सम्भव हुने बताए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई