स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार  « Khabarhub

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । 

आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फम्र्याट’मा भिडियो बनाउनुपर्ने छ भने सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ । साथै पोस्ट गरिएको भिडियो यही चैत २ देखि १५ गतेभित्र बोर्डको इमेलमा पठाउनुपर्ने छ ।

बोर्डका अनुसार, भिडियोको मूल्यांकन त्यसमा आउने लाइक, सेयर, कमेन्ट र भ्युज तथा सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति एवं सामाजिक सन्देशका आधारमा गरिनेछ । प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । 

प्रथम पुरस्कार ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  २ : ४३ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक