स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार  « Khabarhub

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । 

आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फम्र्याट’मा भिडियो बनाउनुपर्ने छ भने सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ । साथै पोस्ट गरिएको भिडियो यही चैत २ देखि १५ गतेभित्र बोर्डको इमेलमा पठाउनुपर्ने छ ।

बोर्डका अनुसार, भिडियोको मूल्यांकन त्यसमा आउने लाइक, सेयर, कमेन्ट र भ्युज तथा सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति एवं सामाजिक सन्देशका आधारमा गरिनेछ । प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । 

प्रथम पुरस्कार ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  २ : ४३ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ