भैंसी फार्ममा आगलागी हुँदा २८ वस्तु मरे « Khabarhub

भैंसी फार्ममा आगलागी हुँदा २८ वस्तु मरे


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गए राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् ।

कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा करीब २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीले बताए।

राति करीब साढे १० बजेको समयमा भण्डारीको भैँसी फार्ममा अचानक आगलागी हुँदा अन्य तीन भैँसी घाइते हुनुका साथै दुई वटा टौवामा रहेको करिब ३ सय भारी परालसमेत जलेर नष्ट भएको छ । आगलागीबाट दुई वटा खरले छाएको गोठ जलेका छन् ।

स्थानीयले आगो निभाउने प्रयास गरे पनि असफल भएको र राति करीब १ बजेको समयमा सदरमुकाम दमौलीबाट दमकल पुगेपछि आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

उक्त आगलागी के-कसरी भयो भन्नेबारे यकिन जानकारी प्राप्त नभएकाले अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ५३ बजे

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

पोखरा- फेवाताल किनारमा अव्यवस्थित रूपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले

चैतको तीन सातामा ७ चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ- चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको

भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा

झापा – अवैधरुपमा भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा परेका

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

काठमाडौँ-राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय