नेपालद्वारा सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य « Khabarhub

नेपालद्वारा सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङको गरेको नेपालले निर्धारीत ५० ओभरको खेल पूरा खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनायो ।

नेपालका लागि रित गौतम र खड्क बहादुर बोहराको साझेदारी उत्कृष्ट रह्यो । रित गौतम र खडकले १३१ रनको साझेदारी खेलेका थिए । ओपनिङ ब्याट्सम्यान रित गौतमले शतक प्रहार गरे ।

उनले १३७ बलमा १० चौका र १ छक्काको मतद्दामा १ सय १५ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका खडकले ९० बलमा १२ चौकाको मद्दतमा ९० रन बनाए ।

यस्तै, कुसल मल्लले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ५१ रन बनाए । उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए भने पवन सरार्फले ४५ रन बनाए ।

नेपालविरुद्ध सिंगापुरका भिनित चित्तेस महेता र पर्नव सुदर्शन राजेश कृष्णले समान दुई–दुई विकेट लिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : १० बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको