नेपाली फिल्म- कुनै ५१ दिनको उत्सव, कुनै २ दिनमै पत्तासाफ ! « Khabarhub

नेपाली फिल्म- कुनै ५१ दिनको उत्सव, कुनै २ दिनमै पत्तासाफ !


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली फिल्मका दर्शक छैनन् भनेर फिल्म निर्माताहरु जोडजोडले कुर्लिने गर्छन् । उनीहरुले फिल्म राम्रो बनाएका छौँ, नेपाली फिल्मलाई माया गरिदिनुस् भन्ने आशयका अनुरोध गरेर दर्शकलाई हलसम्म तान्ने प्रयत्न गर्छन् । तर फिल्म राम्रा बनाउँदैनन् । कामचलाउ फिल्म बनाएर दर्शक भाँड्ने गरेको आरोप पनि तिनै निर्माताले खेप्नुपरेको हुन्छ ।

यस वर्ष पनि केही त्यस्ता फिल्म रिलिज भए, जुन फिल्म हलमा रिलिज भएको दुई दिनमै पत्तासाफ भए । यसै वर्ष प्रदर्शनमा आएका र चर्चा दुवै कमाएका कतिपय फिल्मले पनि यस वर्ष आशालाग्दो व्यापार गर्न सकेनन् । केही फिल्म त हलमा रिलिज भएको र आएको समेत दर्शकले चाल पाएनन् ।

यतिसम्म कि, स्टार कलाकारका कारण चर्चामा आएका फिल्मले पनि राम्रो व्यापार गर्न सकेनन् । चलचित्र ‘प्रेम दिवस’ त्यसैको एउटा उदाहरण हो ।

यो फिल्ममा चल्तीकी नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय थियो । तर, फिल्मले पानीसमेत भन्न पाएन ।

यता विवादमा आएर पनि व्यापारिक रुपमा राम्रै सफलता हात पारेको फिल्म ‘दाल भात तरकारी’ ले ५१ औँ दिन नै मनायो । उक्त फिल्मले व्यापार पनि राम्रो गरेको निर्माण टिमको दाबी थियो । तर, फिल्मले समीक्षा भने राम्रो पाएन । जे होस्, हलमा दर्शक ल्याउन सफल फिल्ममा यो फिल्म पनि पर्‍यो ।

यता अर्को फिल्म ‘जात्रै जात्रा’ ले पनि राम्रो व्यापार गरेको छ । यो फिल्म मेकिङका हिसाबले पनि राम्रो भनियो । ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ दुवै कमेडी जानरामा निर्माण भएका थिए । यी दुवैले राम्रो व्यापार गरे । अर्कातिर दशैँमा रिलिज हुने फिल्म ‘छ माया छपक्कै’ को विदेशी राइट्स १ करोडमा विक्री भएको भनिएको छ । यो फिल्मले पनि कमालको व्यापार गर्ने पूर्वानुमान गरिएको छ ।

थोरै मात्र राम्रो फिल्म बन्दा पनि दर्शकको पर्याप्त साथ पाइरहेका नेपाली फिल्ममेकरले अझै पनि नेपाली फिल्मको बजार छैन, दर्शक छैन भन्नुभन्दा बरु स्तरीय फिल्म बनाउनतिर लाग्ने हो भने नेपाली फिल्म हेर्ने दर्शकको विश्वास झनै बढ्ने थियो कि !

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : १२ बजे

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार