नेपाली फिल्म- कुनै ५१ दिनको उत्सव, कुनै २ दिनमै पत्तासाफ ! « Khabarhub

नेपाली फिल्म- कुनै ५१ दिनको उत्सव, कुनै २ दिनमै पत्तासाफ !


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली फिल्मका दर्शक छैनन् भनेर फिल्म निर्माताहरु जोडजोडले कुर्लिने गर्छन् । उनीहरुले फिल्म राम्रो बनाएका छौँ, नेपाली फिल्मलाई माया गरिदिनुस् भन्ने आशयका अनुरोध गरेर दर्शकलाई हलसम्म तान्ने प्रयत्न गर्छन् । तर फिल्म राम्रा बनाउँदैनन् । कामचलाउ फिल्म बनाएर दर्शक भाँड्ने गरेको आरोप पनि तिनै निर्माताले खेप्नुपरेको हुन्छ ।

यस वर्ष पनि केही त्यस्ता फिल्म रिलिज भए, जुन फिल्म हलमा रिलिज भएको दुई दिनमै पत्तासाफ भए । यसै वर्ष प्रदर्शनमा आएका र चर्चा दुवै कमाएका कतिपय फिल्मले पनि यस वर्ष आशालाग्दो व्यापार गर्न सकेनन् । केही फिल्म त हलमा रिलिज भएको र आएको समेत दर्शकले चाल पाएनन् ।

यतिसम्म कि, स्टार कलाकारका कारण चर्चामा आएका फिल्मले पनि राम्रो व्यापार गर्न सकेनन् । चलचित्र ‘प्रेम दिवस’ त्यसैको एउटा उदाहरण हो ।

यो फिल्ममा चल्तीकी नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय थियो । तर, फिल्मले पानीसमेत भन्न पाएन ।

यता विवादमा आएर पनि व्यापारिक रुपमा राम्रै सफलता हात पारेको फिल्म ‘दाल भात तरकारी’ ले ५१ औँ दिन नै मनायो । उक्त फिल्मले व्यापार पनि राम्रो गरेको निर्माण टिमको दाबी थियो । तर, फिल्मले समीक्षा भने राम्रो पाएन । जे होस्, हलमा दर्शक ल्याउन सफल फिल्ममा यो फिल्म पनि पर्‍यो ।

यता अर्को फिल्म ‘जात्रै जात्रा’ ले पनि राम्रो व्यापार गरेको छ । यो फिल्म मेकिङका हिसाबले पनि राम्रो भनियो । ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ दुवै कमेडी जानरामा निर्माण भएका थिए । यी दुवैले राम्रो व्यापार गरे । अर्कातिर दशैँमा रिलिज हुने फिल्म ‘छ माया छपक्कै’ को विदेशी राइट्स १ करोडमा विक्री भएको भनिएको छ । यो फिल्मले पनि कमालको व्यापार गर्ने पूर्वानुमान गरिएको छ ।

थोरै मात्र राम्रो फिल्म बन्दा पनि दर्शकको पर्याप्त साथ पाइरहेका नेपाली फिल्ममेकरले अझै पनि नेपाली फिल्मको बजार छैन, दर्शक छैन भन्नुभन्दा बरु स्तरीय फिल्म बनाउनतिर लाग्ने हो भने नेपाली फिल्म हेर्ने दर्शकको विश्वास झनै बढ्ने थियो कि !

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : १२ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता