पूर्वमन्त्री धमलासहित तत्कालीन नयाँ शक्तिका २० नेता–कार्यकर्ता नेकपा प्रवेश « Khabarhub

पूर्वमन्त्री धमलासहित तत्कालीन नयाँ शक्तिका २० नेता–कार्यकर्ता नेकपा प्रवेश


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री तथा तत्कालीन नयाँ शक्ति नेपाली पार्टीकी नेतृ कल्पना धमला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन् ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकीकरणपछि सम्मानजनक भूमिका नदिइएको भन्दै असन्तुस्ट रहेकी धमला शुक्रबार नेकपा प्रवेश गरेकी हुन् ।

धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, महिला संगठनकी केन्द्रीय संयोजक मनु हुमागाईं गरी २० जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल (प्रचण्ड)ले तत्कालीन नयाँ शक्ति छाडेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : ४७ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका