सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिँदैन– मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिँदैन– मन्त्री बाँस्कोटा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच सरकारको नभएको स्पष्ट पारेका हुन् ।

तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताए । उनले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गरे । अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरिनै रहेको उनको भनाइ थियो ।

सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने मन्त्री बाँस्कोटाले जानकारी दिए । उनले भने,‘“लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाही के छ ? अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा सुरु भएको । अब झिकिदिउँ भने फेरि अथ्र्योकै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिदैन । ”

संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । संसदमा छलफल नै नगरि संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १ : २० बजे

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

म्याग्दी–  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान

तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

दमौली – ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ ।