‘प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास गर्छ’ « Khabarhub

‘प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास गर्छ’


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्तर्गत  प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बोधन गर्दे उनले अन्तराष्ट्रिय पदक तालिकामा देशको स्तरलाई माथि उठाउने तथा खेलका विविध क्षेत्रको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखिएको बताए ।
उनले सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरको सुविधायुक्त रंगशाला निर्माण गर्ने लक्ष्यका साथ अगाामी आर्थिक बर्षमा प्रदेश नम्बर २ को धनुषा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय रंगशाला निर्माणका लागि १० करोड विनियोजन गरिएको स्पष्ट पारेका छन् ।
उनले खेलकुद पर्यटनको विकास गर्न जुम्ला, लुक्ला, हेलम्बु, मनाङ र घान्द्रुकमा हाई अल्टिच्युट ट्रेनिङ सेण्टर स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको बताए ।
खेलाडीको उपचार तथा आकस्मिक दुर्घटना सहयोग, खेलाडी स्वास्थ्य विमा, दुर्घटना विमा र जीवनविमाको व्यवस्था गरिएकोले यसबाट खेलाडीहरु उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे ।
यस्तै, कार्यक्रममा बोल्दै उनले काठमाण्डौ उपत्यकामा सुविधासम्पन्न अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने, सात वटै प्रदेशमा सेवा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने तथा ७ सय ५३ वटै स्थानीय तहमा दीर्घकालिन महत्वका खेल मैदान बनाउने उद्देश्य बजेटले लिएको बताएका छन् ।

 

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ०७ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति