अमेरिकामा सैनिक परेड, विपक्षीको विरोध | Khabarhub Khabarhub

अमेरिकामा सैनिक परेड, विपक्षीको विरोध


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वाशिंटन डीसी – स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको राजधानी वाशिंटन डीसीमा सैनिक परेडको आयोजना गरिएको छ । बिहीबार राजधानी डीसीको लिंकन स्मारकमा ‘सल्यूट टू अमेरिका’ नाम दिइएको परेड आयोजना गरिएको हो ।

परेडमा लडाकु विमान, सैनिक र दुई अब्राहम ट्यांकले कौशल देखाएका थिए । त्यस्तै, परेडमा आतिसबाजी र साङ्गीतिक प्रस्तुति पनि राखिएको थियो ।

नीलो, रातो र सेतो रंगमा सजिएका हजारौं सहभागी परेडलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाका बहादुर महिला र पुरुषलाई सम्मान प्रकट गरेको जनाएका थिए । उनले अमेरिकाको स्वतन्त्रता र अपूर्व विशेषताको समेत चर्चा गरे ।

विपक्षीले भने उक्त परेडबाट राष्ट्रपतिले राजनीतिक फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । डेमोक्र्याटिक पार्टीका नेताहरु सहित उनको आफ्ने रिपब्लिकन पार्टीका केही नेताहरुले समेत ट्रम्पको सैनिक परेडको आलोचना गरेका हुन् । उनीहरुले ट्रम्पले राष्ट्रिय दिवसलाई आफ्नो फाइदाको लागि उपयोग गरेको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : २५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास