सरकारले हरेक नेपालीको घरमा एउटा पानीको धारा बनाउने « Khabarhub

सरकारले हरेक नेपालीको घरमा एउटा पानीको धारा बनाउने


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हरेक घरमा एउटा खानेपानीको धारा बनाउने अभियान सञ्चालन गरेको छ । आगामी वर्ष भित्र सबै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजनाअन्तर्गत सरकारले ‘एक घर, एक धारा र शौचालय’ बनाउने कार्यक्रम शुरु गरिएको खानेपानी मन्त्री बिना मगरको भनाइ छ ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री मगरले तराई÷मधेसका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि बताइन् । यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको मन्त्री मगरको भनाइ थियो ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनामा पहिलो चरणको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई द्रुत गतिमा काम अगाडि बढेको उल्लेख गर्दै मन्त्री मगरले भनिन्, ‘ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ ।’
सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रीको भनाइ थियो । ‘आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसङ्ख्यामा पुगेको छ । अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपदोे बनाउनु हो,’ मगरले भनिन् ।

भूकम्पले क्षति पु¥याएका खानेपानी र सरसफाइ योजना अगामी वर्षभित्र सम्पन्न हुने, विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा ग्रामीण खानेपानी र सरसफाइ योजना लागू हुने, पोखरा, भरतपुर जस्ता ठूला शहरमा ठूला शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको पनि मगरले बताइन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै