श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा « Khabarhub

श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मख्तूमले आफ्नी छैटौं श्रीमती राजकुमारी हाया बिन्त अल हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका छन्।

जोर्डनका राजाकी सौतेनी बहिनी हायाले दुबईका शासकसमेत रहेका श्रीमान बिन रशिद अल मख्तूमलाई छोडेर दुबईबाट लन्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको हो ।

अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध मुद्दा दायर गरेसँगै उनले हायाले छाडेर जानु कारण र हयासँगको व्यवहारका बारेमा अदालतमा बताउनुपर्ने भएको छ।

शेखका श्रीमतीहरुबाट २३ छोराछोरीहरु रहेको टेलिग्राफले जनाएको छ। तीनै छोराछोरीमध्ये शिखा लतिफा आश्चर्य रुपमा दरबार फर्केपछि हायाले दुबई छाडेको हुन सक्ने अनुमान गरिएको थियो।

अदालतमा शेख र हयाको तर्फबाट भएका दुई सन्तानको स्वामित्वलाई लिएर पनि बहस हुन सक्ने अनुमान गरिएको छ लतिफाले आफूलाई दरबारभित्र कैदीका रुपमा राखिएको भन्दै २०१८ मा डुंगाबाट संयुक्त अरब इमिरेट्स छोडेकी थिइन्। उनलाई पछि भारतको जलसेनाको टोलीले फेला पारेको थियो। गत डिसेम्बरमा उनले आफ्नो परिवार सहित नयाँ भिडियो पोस्ट गरेकी थिइन्।

अदालतमा बहसका क्रममा लटिफाले त्यो बेला लगाएको आरोपका बारेमा पनि चर्चा हुन सक्ने भएकाले यसलाई संयुक्त अरब इमिरेट्सको राजकिय परिवारको इज्जतसँग जोडिएको विषय रहेको बताइएको छ।

राजकुमारी हया हाल बेलायतमा रहेको इमराती शाही परिवारको ५८ मिलियन युरो पर्ने घरमा बसिरहेको अनुमान गरिएको छ । बेलायती राज परिवारसँग राम्रो सम्बन्ध रहेको हायाले बेलायतमा असाइलम (शरणार्थी) का लागि निवेदन दिन सक्ने बताइएको छ।

शेखले बेलालयको ‘लन्डन फेमिलि कोर्ट’ मा हाया विरुद्ध मुद्दा दायर गरेको समाचारहरुमा जनाइएकोछ। प्रेडिड्न्ट अफ डिभिजनको अगाडी सो मुद्दाको सुनुवाई तय भएको र जुलाई ३० मा मुद्दा माथि बहस हुने बताइएको छ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : ४१ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि