कुसल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाललाई दोस्रो जीत « Khabarhub

कुसल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाललाई दोस्रो जीत


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जीत हात पारेको छ ।

मलेसियाको किन्नरा ओभलमा भएको खेलमा नेपालले सिंगापुरलाई २सय१७ रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको ३सय२७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा सबै विकेट गुमाएर मात्रै १सय९ रन मात्रै बनाउन सक्यो ।

सिंगापुरलाई १०९ रनमा रोक्न नेपालका कुसल मल्लले उत्कृष्ट बलिङ गरे ।

उनले सिंगापुरका ४ विकेट लिँदा सिंगापुर कमजोर भएको थियो । सिंगापुरका लागि १०९ रन बनाउने क्रममा हरी कुकरेजले ३० रन बनाउँदा कनुसामी सतिसले २४ रन र चन्दमुली श्रीदेवले २३ रन बनाए ।

सिंगापुरविरुद्ध मल्लले ४ विकेट लिँदा तिलक राज भण्डारीले २ विकेट लिए भने राशिद खान र सागर ढकालले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्यटिङ गरेको नेपालले निर्धारीत ५० ओभरको खेल पूरा खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो । नेपालका लागि रित गौतम र खड्क बहादुर बोहराको साझेदारी उत्कृष्ट रह्यो ।

रित गौतम र खडकले १३१ रनको साझेदारी खेलेका थिए ।

ओपनिङ ब्याट्सम्यान रित गौतमले शतक प्रहार गरे । उनले १३७ बलमा १० चौका र १ छक्काको मतद्दामा १ सय १५ रनको उत्कृष्ट पारी खेलेका थिए ।

त्यस्तै, तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका खडकले ९० बलमा १२ चौकाको मद्दतमा ९० रन बनाएका थिए ।

यस्तै, कुसल मल्लले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ५१ रन बनाए ।

उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए भने पवन सरार्फले ४५ रन बनाएका थिए । नेपालविरुद्ध सिंगापुरका भिनित चित्तेस महेता र पर्नव सुदर्शन राजेश कृष्णले समान दुई–दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : २५ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको