यी १० खानेकुरा, जसले बढाउँछ पुरुषत्व « Khabarhub

यी १० खानेकुरा, जसले बढाउँछ पुरुषत्व


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्तयाः कुनैपनि पुरुषले आफ्नो पुरुषार्थमा प्रश्न उठाएको रुचाउँदैनन् । पुरुषहरुको मनमा जहिले पनि यो कुरा गढेर बस्छ ।

कुनैपनि पुरुषमा स्पर्म काउन्ट कम भएमा ‘फर्टिलिटी’मा समेत असर पर्न जान्छ । आज हामीले यहाँ केही खानेकुराहरुका बारेमा उल्लेख गरेका छौं जुन खानेकुरा नियमित रुपमा सेवन गरेमा शुक्राणु संख्या बढ्छ र पुरुषार्थलाई बल पु¥याउँछ ।

टमाटर: टमाटरमा पाइने तत्वले पुरुषहरुमा स्पर्म काउन्ट बढाउँछ । त्यसले यसको नियमित सेवन गर्ने हो भने शुक्राणु संख्या बढ्छ ।

चकलेटः चकलेटमा पनि विशेष गरी डार्क चकलेटको नियमित सेवन गर्ने हो भने यसमा रहेको एल–अरजिनाइन नामक एमिनो एसिडले स्पर्मको संख्या र गुणस्तरीता बढाउँछ ।

लसुन : ग्यास्ट्रिक र पेटको समस्याका लागि लसुन एकमदै उपयोगी मानिन्छ । तर, लसुनको फाइदा त्यतिमा मात्र सीमित छैन । नियमित लसुनको सेवन गर्ने हो भने यसमा रहेको एलिसिन नामक कम्पाउन्डले पुरुष लिंगमा रक्त सञ्चार बढाउँछ । त्यसले प्रत्येक बिहाने ३–४ केस्रा लसुन चपाएर खाएमा फाइदाजनक मानिन्छ ।

गाँजर: सामान्यतया गाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसले स्पर्म उत्पादन बढाउन सहयोग गर्छ ।

अन्डा: अन्डामा प्रोटीन र भिटामिन ‘ई’ पर्याप्त मात्रामा पाइन्छ । त्यसैले अन्डाको नियमित सेवनले स्वास्थ्य र स्पर्म बढाउनमा एकदमै राम्रो गर्छ । प्रत्येक दिन दुई वटासम्म अन्डा खानु उपयुक्त मानिन्छ ।

ओखर: ओखरमा पाइने ओमेगा–३ ले पुरुष लिंगमा रगत सञ्चार बढाउन सहयोग पु¥याउँछ । त्यसैले यसको नियमित सेवनले पनि पुरुषलाई फाइदा पुर्‍याउँछ ।

पालुंगोको साग: पालुंगोमा पाइने फालिक एसिडले स्पर्मको गुणस्तर र संख्या दुवैलाई एकदमै फाइदा पु¥याउँछ ।

अनार:  नियमित रुपमा अनारको जुस सेवन गर्नाले स्पर्म काउन्ट र गुणस्तरमा बृद्धि हुन्छ ।

केरा:  केरामा ब्रोमिलेन नामक एन्जाइम र भिटामिन ‘बी’ पाइन्छ । यसले स्टामिना, शक्ति र स्पर्म काउन्ट बढाउँछ ।

फर्सीको बियाँः यसमा जिंक र ओमेगा–३ फैटी एसिड पाइन्छ । जसले पुरुषको लिंगमा रक्तसञ्चार बढाउँछ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ४६ बजे

हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु

हङकङ- हङकङको एक बहुतले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा

भारतमा नयाँ श्रम संहिताविरुद्ध श्रमिकको देशव्यापी प्रदर्शन

एजेन्सी– भारत सरकारले लागू गरेको नयाँ श्रम संहिताविरुद्ध देशभरका हजारौँ

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ