यी १० खानेकुरा, जसले बढाउँछ पुरुषत्व « Khabarhub

यी १० खानेकुरा, जसले बढाउँछ पुरुषत्व


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्तयाः कुनैपनि पुरुषले आफ्नो पुरुषार्थमा प्रश्न उठाएको रुचाउँदैनन् । पुरुषहरुको मनमा जहिले पनि यो कुरा गढेर बस्छ ।

कुनैपनि पुरुषमा स्पर्म काउन्ट कम भएमा ‘फर्टिलिटी’मा समेत असर पर्न जान्छ । आज हामीले यहाँ केही खानेकुराहरुका बारेमा उल्लेख गरेका छौं जुन खानेकुरा नियमित रुपमा सेवन गरेमा शुक्राणु संख्या बढ्छ र पुरुषार्थलाई बल पु¥याउँछ ।

टमाटर: टमाटरमा पाइने तत्वले पुरुषहरुमा स्पर्म काउन्ट बढाउँछ । त्यसले यसको नियमित सेवन गर्ने हो भने शुक्राणु संख्या बढ्छ ।

चकलेटः चकलेटमा पनि विशेष गरी डार्क चकलेटको नियमित सेवन गर्ने हो भने यसमा रहेको एल–अरजिनाइन नामक एमिनो एसिडले स्पर्मको संख्या र गुणस्तरीता बढाउँछ ।

लसुन : ग्यास्ट्रिक र पेटको समस्याका लागि लसुन एकमदै उपयोगी मानिन्छ । तर, लसुनको फाइदा त्यतिमा मात्र सीमित छैन । नियमित लसुनको सेवन गर्ने हो भने यसमा रहेको एलिसिन नामक कम्पाउन्डले पुरुष लिंगमा रक्त सञ्चार बढाउँछ । त्यसले प्रत्येक बिहाने ३–४ केस्रा लसुन चपाएर खाएमा फाइदाजनक मानिन्छ ।

गाँजर: सामान्यतया गाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसले स्पर्म उत्पादन बढाउन सहयोग गर्छ ।

अन्डा: अन्डामा प्रोटीन र भिटामिन ‘ई’ पर्याप्त मात्रामा पाइन्छ । त्यसैले अन्डाको नियमित सेवनले स्वास्थ्य र स्पर्म बढाउनमा एकदमै राम्रो गर्छ । प्रत्येक दिन दुई वटासम्म अन्डा खानु उपयुक्त मानिन्छ ।

ओखर: ओखरमा पाइने ओमेगा–३ ले पुरुष लिंगमा रगत सञ्चार बढाउन सहयोग पु¥याउँछ । त्यसैले यसको नियमित सेवनले पनि पुरुषलाई फाइदा पुर्‍याउँछ ।

पालुंगोको साग: पालुंगोमा पाइने फालिक एसिडले स्पर्मको गुणस्तर र संख्या दुवैलाई एकदमै फाइदा पु¥याउँछ ।

अनार:  नियमित रुपमा अनारको जुस सेवन गर्नाले स्पर्म काउन्ट र गुणस्तरमा बृद्धि हुन्छ ।

केरा:  केरामा ब्रोमिलेन नामक एन्जाइम र भिटामिन ‘बी’ पाइन्छ । यसले स्टामिना, शक्ति र स्पर्म काउन्ट बढाउँछ ।

फर्सीको बियाँः यसमा जिंक र ओमेगा–३ फैटी एसिड पाइन्छ । जसले पुरुषको लिंगमा रक्तसञ्चार बढाउँछ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ४६ बजे

नकाब लगाएर सिंहदरबार जलाउन कसैले पाउँदैन : सभापति थापा

काठमाडौं– जनकपुरधामको सभालाई सम्बोधन गर्दै उनले नकाब लगाएर सिंहदरबार जलाउन

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले

कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो