‘समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन’ « Khabarhub

‘समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन’


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले सामाजिक न्यायका लागि महिला र पुरुषबीचको विभेद् अन्त्य जरुरी रहेको बताएकाछन्।

जोन्टा क्लब पोखराको पदस्थापना कार्यक्रममा कुँवरले राज्यले लिएको नीतिलाई कार्यान्वयन गर्नेहरुको विभेदी मानसिकताले महिला र पुरुषबीचको खाडल पुरिन नसकेको बताए । उनले राज्यले सकारात्मक विभेद्को नीति लिएर महिला अधिकारलाई स्थापित गर्न खोजे पनि निर्णायक तहमा बस्नेले समावेशीताको भावनालाई बुझ्न नसकेको गुनासो गरे।

‘समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन, अहिले यसरी मात्रै हेरिएको छ यसले महिला सशक्तीकरण हुँदैन’, उनले भने, ‘संविधानले दिएको अधिकारसमेत महिलाले पाउनसकेका छैनन्, महिला पुरुष भनेर विभाजित मानसिकताले विभेद्को अन्त्य हुनसकेको छैन ।’

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न क्षेत्रका व्यावसायिक महिलाको संस्था जोन्टाले एक शताब्दी पार गर्नु ऐतिहासिक भएको भन्दै अब जोन्टाको उद्देश्यअनुरुप क्षेत्र विस्तार गरेर महिला सशक्तीकरणको नमूना देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ३५ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक