टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित « Khabarhub

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १४७ रन बनाउँदा अलआउट भयो ।

जिम्बाब्वेका लागि ब्राड इभान्सले सर्वाधिक ४३ रन बनाए ।आठौं नम्बरमा ब्याटिङ गर्न आएका इभान्सले विष्फोटक गरे । २० बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । यस्तै डायन मायर्सले २८ रन, सिकन्दर रजाले २७, तदिवानाशे मारुमानीले १५ र टोनी मुन्योंगाले १४ रन बनाए ।

वेस्ट इन्डिजका गुडाकेश मोतीले चार विकेट लिँदा अकिल होसेनले तीन, म्याथ्यू फोर्डले दुई तथा जेसन होल्डरले एक विकेट लिए ।

त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो । यो जारी विश्वकपकै सर्वाधिक उच्च स्कोर हो । यसअघि ओमानविरुद्धको खेलमा श्रीलंकाले २२५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले सर्वाधिक ८५ रन बनाए । ३४ बलका सामना गरेका उनले ७ चौका र ७ छक्का प्रहार गरे । रोभम्यान पावेलले ३५ बलमा ५९, रोमारियो शेफर्डले १० बलमा २१ रन बनाए । यस्तै कप्तान शाही होपले १४ रन बनाउँदा शेर्फेन रदरफोर्ड ३१ रनमा नटआउट रहे ।

जिम्बाब्बवेका लागि रिचर्ड न्गाराभा र ब्लेसिङ मुजरबानीले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ११ : १० बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र