अब नेतृत्वको विकल्प खोज्नुपर्छ-पौडेल « Khabarhub

अब नेतृत्वको विकल्प खोज्नुपर्छ-पौडेल


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जीवन्त बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ प्रथम प्रदेश प्रतिनिधिसभाको शुक्रबार रत्ननगरमा उद्घाटन गर्दै पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प कांग्रेसले खोजेको बताए ।

पौडेलले अहिले आम नागरिकले सरकारको नेतृत्वको र कांग्रेसले पार्टीको नेतृत्वको विकल्प खोजेको बताए । पार्टीभित्र समयमानै निर्वाचन गरेर पार्टीलाई जीवन्त बनाउन नेतृत्वको खोजी गर्नुपर्ने समय आएको पौडेलको भनाइ थियो । पार्टीका कार्यकर्तामा नैरास्यता छाएको भन्दै उनले समयमै महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आवश्यकता भएको प्रष्ट पारे ।

नेपालमा समृद्धि कांग्रेसलेनै दिनसक्ने भएकाले आम जनताको चाहना कांग्रेसको नेतृत्व देख्ने रहेको पौडेलको भनाइ थियो । उनले शैक्षिक पाठ्यक्रममा सुधारको आवश्यकता रहेको बताए । देश बनाउने जिम्मेवारी शिक्षा क्षेत्रबाट शुरु हुने भन्दै अहिलेको पाठ्यक्रममा सुधारको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १० : ०३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा