सोलुखुम्बुमा सुविधा सम्पन्न सामुदायिक अस्पताल बन्ने | Khabarhub Khabarhub

सोलुखुम्बुमा सुविधा सम्पन्न सामुदायिक अस्पताल बन्ने


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा जनसहभागितामा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि १२ रोपनी जग्गासमेत प्राप्त भएको अभियन्ता डा राजेन्द्र बस्नेतले जानकारी दिए ।

सल्लेरीमा सञ्चालित सोलुहेल्थ केयर सेन्टरले रु १६ लाखमा खरीद गरेको उक्त जग्गा अस्पताललाई निःशुल्क दान गरेको सेन्टरका अध्यक्ष छितिज नकर्मीले बताए । निजी लगानीमा सञ्चालित हेल्थ केयर सेन्टरले दुर्गम क्षेत्रमा सामुदायिक अस्पताल आवश्यक पर्ने महसुस गरी सहयोग गरेको अध्यक्ष नकर्मीको भनाइ छ ।

सोलुखुम्बुसहित माथिल्लो सगरमाथा क्षेत्रका बिरामीलाई समेत सहज, गुणस्तरीय र बिरामीमुखी स्वास्थ्योपचार गर्नका लागि सामुदायिक अस्पताल निर्माणको परिकल्पना गरिएको अभियन्ता डा बस्नेतको भनाइ छ । करीब रु १५ करोडको अनुमानित लागतमा निर्माण हुने अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण तथा औषधिसहित विषेशज्ञस्तरीय सेवा दिने बताइएको छ ।

अस्पताल सञ्चालनका लागि जिल्लाको नेचासल्यान १ का डा योगेन्द्र बस्नेत र डा एलिना श्रेष्ठबाट उपचार सेवामा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको अभियन्ताले बताएका छन् । आर्थिक स्रोत जुटाउने काम मुख्य चुनौती भएको भन्दै सहयोगी व्यक्ति, संस्था तथा दातृ निकायसँग समन्वय गर्ने बताइएको छ । अस्पताल मुनाफारहित रहने भएकाले शून्य सेयर पूँजी रहने अभियन्ताको भनाइ छ ।

अस्पतालबाट उठेको पैसाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबाट डाक्टर पढाएर त्यसपछि जिल्लाभरि अस्पतालको शाखा विस्तार गर्ने योजना बनाइएको छ । यस्तै, विषेशज्ञसहित हाडजोर्नी, यौन तथा छाला, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, बाल रोग र दन्त रोगसम्बन्धी उपचार सस्तो, सुलभ र गुणस्तरीय रुपमा प्रदान गर्ने योजना छ ।

२०८० सालसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको र अस्पताल निर्माणपछि आफूले १० वर्षसम्म निःशुल्क सेवा गर्न तयार रहेको पनि डा बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ६ : ४९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित